Friday, July 30

‘गल्ती सच्याऊ, दोषीलाई कारबाही गर, चेपाङका घर तुरुन्त बनाइदेऊ’

July 27, 2020 252

साउन १२, २०७७ काठमाडौं : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा आगो नलगाएको बताएपछि विभिन्न खालका नेकपा नेताहरूले नै असन्तुष्टि पोखेका छन्। मन्त्री बस्नेतले चेपाङ बस्तीका स्थानीयको मकै हेर्न बनाइएको मचान डढाएको बताएका थिए। तर, नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व-गृहमन्त्री जनार्दन शर्माले सरकारले तत्काल गल्‍ती सच्याउनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले तत्कालै चेपाङलाई नयाँ घर बनाइदिुनपर्ने आवाज उठाएका छन्। ‘सरकारलाई मेरो आग्रह गल्ती सच्याउ, दोषीलाई कार्वाही गर, १० दिनमै घर जलेका चेपाङलाई नयाँ घर बनाइदेऊ’ उनले लेखेका छन्। दोषीलाई तत्कालै कारबाही गरेर १० दिनभित्र जलेका चेपाङ बस्ती निर्माण गर्नुपर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्