Thursday, March 4

बालगायक प्रीतम आचार्य र अभिनेत्री रेखाले यसरी मनाए भाईटिका (तस्विर)

November 17, 2020 278

बालगायक प्रीतम आचार्य र अभिनेत्री रेखाले यसरी मनाए भाईटिका (तस्विर)

ईटहरी/ कोरोनाको त्रास बिच नेपालिहरुले तिहारलाई बिदा गरिसकेका छन् । दाजुभाईलाई दिदीबहिनीले सप्तरङ्गी टिका लगाईदिएर हिजोबाट यसवर्षको तिहार सम्पन्न भएको छ । विशेषगरी दिदीबहिनीले दाजुभाईको दिर्घायूको कामना गर्दै यो चाड मनाईन्छ । यस्तैमा नेपाली सेलिब्रेटिहरुले पनि कोरोनाको कहर बिच भाईटिका हर्सोल्लासपुर्ण रुपमा मनाएका छन् । भाईटिकाले दाजुभाई र दिदीबहिनी बिचको प्रेममय सम्बन्धलाई रंगहरु जस्तै सँधै गाढा, ताजा र प्रज्वल बनाईराख्ने विश्वास गरिन्छ ।

 

कलाकारहरुले पनि सप्तरङ्गी टीकामा रङ्गिविरङ्गी रुपमा तिहारलाई मनाएका छन् । यता पुर्वेली कलाकारहरूले पनि भाईटिका लगाउदै तिहारलाई खुशीसाथ निदा गरेका छन् । चर्चित बाल गायक प्रीतम आचार्यले पनि उनको एकमात्र दिदी प्रीया आचार्यबाट भाईटिका लगाए भने धरानमा बसेर कलाकारिता र ब्यवसाय गर्दै गर्दै आएकी अभिनेत्री रेखा लिम्बुले पनि भाईटिका लगाउदै तिहार बिदाई गरेकी छन् । उनिहरुले भाईटिकाको तस्वीरलाई सामाजिक संजालमा शेयर गरेका छन् । हेर्नुस भाईटिका तस्वीर :

 

प्रतिकृया दिनुहोस्