Thursday, March 4

अब निःशुल्क खाना खुवाउने ठाउँ थापाथलीमा

November 18, 2020 728

खुलामञ्चमा सञ्चालन गर्दै आएको निःशुल्क खाना खुवाउने अभियान थापाथली स्थित प्रसूति गृह पडाडि सरेको छ ।
काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चबाट थापाथली सरेको हो ।

खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो।

थापाथलीमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्