November 18, 2020 482
सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी संचारकर्मी दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २२ बर्षकी मनिषा लामिछानेको मृत्यु भएको छ ।
मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
घाइते मनिषाका दाइको भने कोहलपुरमै उपचार भइरहेको छ । तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए ।
मनिषा रेडियो हाम्रो पहुँच एफएममा प्राविधिक साहयकका रुपमा कार्यरत थिइन् ।
प्रतिकृया दिनुहोस्