एजेन्सी । मंगलबार राति उडेको दुई मिनेटमै हराएको बनेको ताइवानको एफ–१६ यु द्ध क विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मंगलबार स्थानीय समयअनुसार राति ६ बजेर ७ मिनेट जाँदा हुवालिएन एयर बेसबाट उक्त विमान रात्रिकालिन प्रशिक्षणका लागि उडेको थियो।उडेको दुई मिनेटमै विमान सम्पर्क विहिन भएको थियो। एकमात्र पाइलट बस्न मिल्ने उक्त विमानमा पाइलट कर्णेल चियाङ चेङ ची समावेश थिए। विमान दुर्घटनाग्रस्त रुपमा भेटिएपनि हालसम्म पाइलट भेटिएका छैनन्। उनको खोजी कार्य जारी छ।हाल चीनसँग ताइवानको विवाद बढ्दै गइरहेको छ। चीनले ताइवानलाई आ’क्र’म’ण गरेर क’ब्जा’मा लिनसक्ने बताइरहँदा ताइवानले सैन्य शक्तिलाई मजबुत बनाउन सैन्य अभ्यास गरिरहेको छ। यसबीचमा प्रशिक्षण गरिरहेको ताइवानको विमान दुर्घटनामा परेको हो। हाल विमान दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ।यु’द्ध’क विमान दुर्घटनामा पर्ना साथ ताइवानले तत्कालका लागि आफ्ना सम्पूर्ण यु’द्ध’क विमानको प्रशिक्षणलाई रोकिदिएको पनि सीएनएनले जनाएको छ।
November 19, 2020 316
प्रतिकृया दिनुहोस्