सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको वि’वाद उत्कर्षमा पुगेपछि हरेक पटक राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय हुने गरेको पाएको छौ पार्टीभित्रको वि’वादमा हस्तक्षेप गर्ने राष्ट्रपति भण्डारीको कार्यशैलीमाथि पनि बेला बेलामा निकै टिका टिप्पणी हुँदै आएको छ।
नेकपाभित्रको वि’वादबारे उनले पार्टीका शीर्ष नेतृत्वसँग पटक-पटक भेटवार्ता गर्ने गरेकी छन्। नेकपाको आन्तरिक विषयमा उनको सक्रियतालाई लिएर पार्टी भित्र र बाहिर वि’रोध हुँदै आएको छ। नेकपाका केन्द्रीय सदस्य कुमार पौडेलले पनि उनको सक्रियतालाई लिएर वि’रोध जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीको कार्यशैलीमाथि आशंका पनि व्यक्त गरेका छन्।
पौडेलको फेसबुकमा लेखेका छन्ःराजनीति गर्ने भए राष्ट्रपतिले राजीनामा गरेर अबको महाधिवेशनको लागि तयारी भएर बसे हुन्छ। अरूको उक्साहटमा कहिले कुन नेतालाई कहिले कुन नेतालाई दबाब दिएको शोभनिय भएन।
प्रतिकृया दिनुहोस्