Thursday, February 25

नेपाल प्रहरीका पूर्वडीएसपी श्रेष्ठ बेलायत प्रहरीको एडभाइजरी बोर्डमा नियुक्त हुने पहिलो नेपाली

November 22, 2020 290

काठमाडौं । नेपाल प्रहरीको पुर्वडिएसपि शिवजी श्रेष्ठलाई बेलायती प्रहरीको क्षेत्रिय एडभाइजरी बोर्डमा नियुक्त भएका छन् । हाल बेलायतमा बस्दै उनलाई बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा नियुक्त गरिएको हो ।

उनको व्यवसायिक पृष्ठभूमि र यहाँको स्थानीय समुदायमा उनको सक्रियताका आधारमा प्रहरीको सल्लाहकारमा नियुक्त गरिएको हो । पुर्वडिएसपि शिवजी श्रेष्ठलले आफुलाई ह्याम्प्सायर कन्स्टल्बुरीका असिस्टेन्ट चिफ कन्स्टेबल म्याग्गी ब्लिथमा सल्लाहकार बोर्डमा नियुक्त गरिएको जानकारी दिएको हुन् ।

ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा आठ जना सदस्य हुन्छन् जसमध्ये श्रेष्ठ एक हुन् ।ह्याम्पशायर कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरुसँगै बेलायत सरकारका पूर्व गृहमन्त्री समेतको सहभागितामा छलफलहरु बाट उनलाई नियुक्त गरिएको हो ।

बोर्डमा श्रेष्ठको नाम प्रस्ताव भइसकेपछि विभिन्न चरणमा भएका बैठक र अन्तरवार्ताहरु मा सफल हुदै गएपछि उनलाई नियुक्ति दिइएको हो ।ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा सल्लाहकारका रुपमा नियुक्त श्रेष्ठको कार्यकाल आउँदो वर्षको सुरुदेखि २ वर्ष रहनेछ ।

बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको कार्यक्षेत्रमा पर्छन् । नेपालीहरुको उल्लेख्य बसोबास रहेका क्षेत्रहरु अल्डरसट, फार्नबरोदेखि हुक, बेजिंगस्टोक, विन्चेस्टर, अल्टन, साउथह्याम्पटन, पोर्टस्माउथ र आइल अफ ह्वाइट सम्म पर्दछ ।स्थानीय स्तरमा रहेका विभिन्न पृष्ठभूमिका समुदायहरु र प्रहरीबीच समन्वय र सम्बन्ध सुदृढिकरणका लागि यो एड्भाइजरी बोर्डले भूमिका खेल्ने गर्छ ।

प्रहरीका गतिविधि र घटनाक्रमहरुलाई स्वतन्त्रतापूर्वक समिक्षा गर्ने, त्यसप्रति आफ्नो धारणाहरु दिने र समुदायको भावना एवम् आवश्यकतालाई प्रहरीसम्म सञ्चार गर्ने काम बोर्डको हो ।

सल्लाहकार बोर्डको गर्ने भनेको प्रहरीले सञ्चालन गरेका विभिन्न घटनाहरु माथिका प्रमुख अनुसन्धानहरुको मूल्यांकन गर्ने साथै स्थानीय प्रहरीको नीति तथा योजना तर्जुमाका लागि समेत सुझाव दिने काम गर्न सक्छ ।

श्रेष्ठ नेपाली समुदायबाट यसरी बेलायती प्रहरीको क्षेत्रीय स्तरको सल्लाहकार बोर्डमा नियुक्त हुने सम्भवतः नै पहिलो हुन् ।

‘मैले यो जिम्मेवारीलाई गौरवका रुपमा लिएको छु । हाम्रो सिंगो नेपाली समुदायकै प्रतिनिधिका रुपमा मलाई सल्लाहकार नियुक्त गरिएको मैले ठानेको छु’, श्रेष्ठले भने, ‘हाम्रो समुदायको भावना र आवश्यकताको प्रतिनिधित्व हुने गरी काम गर्ने मेरो अठोट छ ।’

प्रहरीमाथि लाग्ने जातीय भेदभाव र शक्ति दुरुपयोगको आरोपलाई हटाउने दिशामा सक्दो योगदान गर्ने उनले बताए ।

नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ बेलायतको बेजिंगस्टोक मल्टीकल्चर फोरममा हाल अध्यक्ष छन् । विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको फोरममा केहि महिनाअघि उनी अध्यक्ष नियुक्त भएका हुन् ।

लेबर पार्टीको बेजिंगस्टोक कार्यसमितिका सदस्य श्रेष्ठ अश्वेत, एशियन तथा अल्पसंख्यक समुदाय हेर्ने विभागका संयोजक हुन् । स्थानीय क्रयामबोर्न कलेजमा उनी गभर्नर पनि छन् ।

प्रतिकृया दिनुहोस्