काठमाडौ । क’रणी घटना दिनहुँ बढ्दै जान थालेपछि यस सम्बन्धी कानुन क’डा बनाउनुपर्ने माग बढेदै गएको थियो । यस्ता घटना सम्बन्धी कानुनलाई क’डा पार्ने अध्यादेश आइतबार मन्त्रिपरिषदले पारित गरेको छ। अध्यादेशमा यस अघि कानुनमा भएका कुरा भन्दा क’डा सजायको ब्यवस्था गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अध्यादेश परित गरि राष्ट्रपति कार्यालयमा पठाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।अध्यादेशमा यस्ता घटना मिलापत्र गराउनेलाई समेत क’डा सजायको ब्यवस्था गरिएको छ । मिलापत्र गर्नेलाई ६ महिनादेखि ३ वर्ष कैद र ३० हजार जरिवाना हुनेछ । सार्वजनिक पद धारण गरेको ब्यक्तिलाई थप सजाय पनि छ । मन्त्री शिवमायाका अनुसार त्यस्तो व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुने व्यवस्था गरिएको छ ।
अध्यादेशले क’रणीको परिभाषलाई थप स्पष्ट पारेको छ । यस अघि यस्ता घटनामा महिलालाई मात्र जोडिएको हुन्थ्यो । अब पुरुष पनि पी’डित हुन्छन् भन्ने तर्फ पनि अध्यादेशले सोचेको छ । त्यसैले कानुनमा ‘महिला तथा बालिका’क’रणी भन्ने शब्द रहेकोमा अबदेखि ‘व्यक्ति’ भन्ने शब्द राखिएको छ।
प्रतिकृया दिनुहोस्