Monday, March 8

अशोक दर्जी धेरै पछी आफ्नो घर फर्किदा सबै छक्क परे उन्लाई देखेर

November 23, 2020 443

झापा एकमात्र यस्तो जिल्ला हो जहाँबाट नेपालले धेरै कलाकार धेरै नेता लगायत सबै कुरामा अगाडी बढ्न सक्ने मानिसहरु पाएको छ । केही समय अगाडी सडकमा गाउने साना अचम्मका बालक एकाएक चर्चामा आएका थिए । सडकमा दिन बिताउने गित गाउदै हिड्ने झापाका बाल गायक अशोक दर्जी यतिबेला काठमाण्डौमा छन् ।

गायक तथा संगीतकार टंक बुढाथोकीले काठमाडौ लगेपछि उनको जीवन नै परिवर्तन भएको थियो । टंकसँग अशोकले गाएको गीत ‘मन बिनाको धन’ निकै दिन यूट्युबको नेपाल ट्रेन्डिंगको पहिलो नम्बरमा परेको थियो । नेपालको सन्दर्भमा कुनै गीत यति धेरै हेरिनु अत्याधिक सफल हुनु हो ।अहिले अशोक दर्जी दशैँ तिहार मनाउन आफ्नो घर झापामा आएका छन ।

अशोक दर्जी लामो समयपछि झापा आएका हुन् । उनि तिहार मनाएर भोलिनै काठमाडौँ फर्कने तयारीमा छन् । झापामा आफ्नो परिवार संग दशैँ देखि संगै बसेका अशोकले झापामै मन बिनाको धन ठुलो ३ को शूटिंग पनि गरेको बताए । अब अशोक दर्जीको अर्को नया मन बिनाको धन ३ गित चाडै आउने उनले बताए ।

आफ्नो घरमा परिवार संग गितार बजाएर यसरि सुनाए कि सुन्दा सबै भावुक नै बने । उनले बिगतमा आफुले झापाको गल्ली सडक अनि झुप्रो घर सम्झेर टंक बुढाथोकी लगायत सम्पुर्ण नेपालीहरुलाई मेरा भगवान भन्दै यस्तो संदेश दिए कि सुन्दा तपाइँको आशु आउनेछ तल भिडियोमा

प्रतिकृया दिनुहोस्