Monday, July 26

पठनपाठनका लागि बुढानीलकण्ठ नगरपालिकाले थाल्यो गृहकार्य

July 28, 2020 206

साउन १३, २०७७ काठमाडौं: बुढानिलकण्ठ नगरपालिकाले भदौ १ गतेबाट नगरपालिका भित्रका विद्यालयमा पठनपाठनको लागि गृहकार्य थालेको छ। अनलाईन कक्षा प्रभावकारी नभएको भन्दै नगरपालिकाले विद्यालय सञ्चालनको लागि तयारी थालेको हो। बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले भदौ १ गतेबाट पठनपाठनको लागि गृहकार्य थालेको जानकारी दिए। ‘विद्यालयले पठनपाठन थाल्ने भनेर माग गरेका छन,’उनले भने,‘भदौ १ गतेबाट नगरपालिका क्षेत्र भित्रका नीजि तथा सामुदायिक विद्यालयमा पठनपाठन सञ्चालन गर्नेबारे गृहकार्य भैरहेको छ। सञ्चालन गर्ने नै भने अझै निर्णय भएको छैन।’ पठनपाठनको लागि सरकारसँग छलफल गरिरहेको पनि उनले जानकारी दिए। उनले भने,‘विद्यालय सञ्चालन गर्ने भनेर मात्र हुँदैन। सुरक्षा मापदण्ड हेर्नुपर्छ। शिक्षा मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौँ। सम्भव भएमा पठनपाठन थाल्छौँ।’ उनका अनुसार नगरपालिका भित्रका केही विद्यालयले अनलाईन कक्षा सञ्चालन गरेपनि प्रभावकारी नभएको गुनासो पनि नगरपालिकामा आएको छ।

प्रतिकृया दिनुहोस्