Sunday, February 28

गुडिरहेको सिटी सफारीबाट लडेर चालकको मृ’त्यु

November 24, 2020 499

विराटनगर – मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकमा गुडिरहेको सिटी सफारीबाट ल’डेर मंगलबार दिउँसो चालकको मृ’त्यु भएको छ । विराटनगरबाट मिलनचोकतर्फ जाँदै गरेको को २ ह ५४९२ नम्बरको सफारीबाट अचानक ल’डेर चालक विराटनगर महानगरपालिका–२ का ३५ वर्षीय सुनिल मण्डलको ज्या’न गएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लडेका बेला चालक आफैले सफारी चलाइरहेका थिए । उनका अनुसार दिउँसो २ बजेतिर घटना भएका बेला सफारी भने खाली थियो । एक्कासी शरीर भुइँमा ढले पनि उनको खु’ट्टा सफारीमै अ’ड्कि’एको थियो । तर सफारी भने सडकमै रोकिएको थियो । घटनापछि स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएका थिए । अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृ’त्यु भएको स्थानीयले प्रहरीलाई बताउका छन् ।

उनको मृ’त्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुग्दा खु’ट्टा सफारीमै अ’ड्कि’एको र शरीर भुइँमा ढ’लेको अवस्थामा चालकलाई मृ’त फेला पारिएको एसपी खड्काले बताए ।

प्रहरीले श’व पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याउन खोजे पनि आफन्तले दिएका छैनन् । हृदयघातका कारण मृ’त्यु भएको हुनसक्ने बताउँदै आफन्तले श’वको पो’स्टमार्टम गर्न आवश्यक नरहेको भनेर प्रहरीलाई अवरोध गरेका हुन् । उनीहरुले घटनास्थलबाट सिधै घरमा लगेर श’वको दाहसंस्कार गर्ने अडान लिइरहेको प्रहरीले जनाएको छ ।

तर मृ’त्यु अस्वभाविक रहेका कारण घटनाको अनुसन्धान अघि बढाउनलाई श’व पो’स्टमार्टमका लागि लैजान आवश्यक रहेको एसपी खड्काले बताए । आफन्तले अ’व’रोध गरेपछि श’व अस्पताल लैजानलाई थप मद्धतका लागि प्रहरी टोली परिचालन गरिएको उनको भनाइ छ , अन्नपूर्ण पोस्टमा प्रकाशित छ।

 

प्रतिकृया दिनुहोस्