Friday, April 23

वीरगञ्जमा दुई चिकित्सकसहित १५ जनामा कोरोना

July 28, 2020 220

साउन १३, २०७७ काठमाडौं : वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालमा सोमबार गरिएका परीक्षणमा दुई जना स्वास्थ्यकर्मी सहित १५ जना कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालका डा निरज सिंहले सोमबार गरिएका परीक्षणको राति अबेर आएको रिर्पोट अनुसार दुई जना स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे। नयाँ संक्रमितहरुमा २३ वर्षदेखि ५६ वर्ष उमेर समुहका १४ जना पुरूष र १ जना महिला रहेका छन्। कोरोना संक्रमण पुष्टि हुनेमा २ स्वास्थ्यकर्मी र अन्य कन्ट्याक्ट ट्रेसिङमा परेका तथा स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका थिए। नयाँ फेला परेका मध्ये २ जना चिकित्सक सहित अधिकांश संक्रमित वीरगञ्जका रहेका छन्। केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिएको बताईएको छ। वीरगञ्ज–११ श्रीपुरका एक २६ वर्षीय चिकित्सक र वीरगञ्ज–४ विर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो। वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सक आफ्नै बुवाको कन्ट्याक्ट ट्रेसिङमा परेका थिए भने वीरगञ्ज–४ विर्ता बस्ने नारायणी अस्पतालमा कार्यरत अर्का ४० वर्षीय चिकित्सक ५ दिनदेखि ज्वरो आएर बिरामी भएर स्बाव परीक्षण गराएका थिए। नारायणी अस्पतालमै कार्यरत एक ३१ वर्षीय कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस्