Thursday, May 13

पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता, संगै सुतेका छोराछोरीलाइ पहिरोले लग्यो आमा भाग्यले बाँचिन

July 28, 2020 224

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका-१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका छन । अविरल वर्षाका कारणले हिजो राति घरको माथिवाट आएको पहिरोले घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना वेपत्ता भएका छन् ।

अहिले वेपत्ताको खोजी कार्यका लागि प्रहरी प्रशासन, नगरपालिका, स्थानीयलगायतले खोजिकार्य गरिरहेका छन् । यस्तै वर्षाले जिल्लाको नरहरिनाथ गाँउपालिका खुलालुमा पनि पहिरोमा परि थप एकजना वेपत्ता भएका छन । उनको पनि खोजिकार्य भरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

त्यस्तै बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनिहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन् । उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन् । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उहाँको पहिचान नखुलेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्