Thursday, March 4

वैदेशिक रोजगार विभागद्वारा होप इन्टरनेसनल म्यानपावरमा छापा, कागजात नियन्त्रणमा लिइयो

November 25, 2020 189

काठमाडौं, ९ मंसिर । वैदेशिक रोजगार विभागले लैनचौरस्थित होप इन्टरनेसनल म्यानपावरमा छापा मारेको छ । पूर्व श्रमस्वीकृति नलिएरै कतार पुलिसका लागि अन्तर्वार्ता लिइरहेको सूचनाका आधारमा विभागको टोलीले म्यानपावरमा मंगलबार छापा मारेको हो ।छापा मार्ने क्रममा नेपालस्थित विदेशी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै भेटिएको छ । टोलीले म्यानपावरका केही कागजात नियन्त्रणमा लिएको छ । अन्तर्वार्ता लिनमा नेपालस्थित कतार दूतावासको पनि संग्लनता रहेको खुल्न आएको छ । विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो । ती म्यानपावरमा ४ सयभन्दा बढी युवाहरु अन्तरवार्तामा लागि आएको भेटिएको थियो ।नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिनुपर्छ । र, तय भएको अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।अन्तरवर्ताबाट छनोट भएका कामदारको अन्तिम श्रम स्वीकृति विभागबाट जारी हुन्छ । तर, अहिले काठमाडौंमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्वस्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तरवार्ता लिइरहेको पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस्