Friday, May 14

‘भारतसँग दुस्मनी चाहेका छैनौँ, नेपालको जमिन छाड्दैनौँ’

June 13, 2020 125

जेठ ३१, २०७७ काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग दुश्मनी नचाहेको बताएका छन्। प्रतिनिधिसभाको संसद बैठकमा बोल्दै उनले भारतले नेपालीलाई चुनौती दिँदै नयाँ नक्सा सार्वजनिक गरेर सडक उद्घाटन गरेको बताएका हुन्। इतिहासको कम्जोरी सच्याउन पूरा गर्न तपाईंहरूले घच्घचाउनु भयो।’ उनले भारतसँग नेपालले दुश्मन नचाहेको बताउँदै कूटनीतिक वार्तामा बस्न पनि आह्वान गरे। ‘हामीले भारतसँग दुश्मन विल्कुल चाहेका छैनौँ। हामी कूटनीतिक वार्ताबाट समाधान चाहन्छौँ,’ उनले भने, ‘आज संसदबाट सर्वसम्मत पास हुनु भनेको भारतसँग दूरी बढाउनु चाहीँ हैन।’ ‘कालापानी, लिम्पियाधुरा, लिपुलेक र सुस्ता क्षेत्र विवादित क्षेत्र हुन र वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ भनिँदै आएको छ,’ उनले भने, ‘कालापानी र सुस्ता क्षेत्र विवादमा छ भन्ने कुरा भारतले पनि स्वीकार गरेको कुरा हो।’ उनले नेपालले वार्ताको लागि अपिल गरिरहँदा भारतले नेपाली भूमिमा खनेको सडक उद्घाटन गरेको पनि बताए। ‘नेपालले वार्ताको लागि अपलि गरिरहँदा बाटोको उद्घाटन गर्दिँदा आम नेपालीलाई उद्देलित र अलिअलि चुनौती दिए जस्तो पनि भयो,’ उनले भने, ‘नक्सा प्रकाशन गरेर र बाटो उद्घाटन गरेर नेपालीलाई एकता हुन घच्घचाएकोमा म भारतलाई धन्यावाद दिन चाहन्छु। उनले नेपाली जनताको भावनालाई भारतले राम्रोसँग बुझिदियोस भन्ने चाहेको बताए। ‘नेपाली जनताको भावनालाई भारतले राम्रोसँग बुझिदियोस् भन्ने चाहेको छौँ,’ उनले भने, ‘हामी त्यस्तो कुनै बचपना र आवेगमा छैनौँ। यस्तो ऐतिहासिक मुद्धामा खेलवाड गर्ने नेतृत्व होइनौँ।’ सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो। सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरिसकेको छ।

प्रतिकृया दिनुहोस्