पक्राउ परेकी दिपक मनाङ्गेकी श्रीमतीले प्रहरीलाई यस्तो बयान दिएपछि, मनाङ्गेलाई पनि प्रहरीले प’क्राउ गर्दै

November 26, 2020 575

काठमाडौ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेकी श्रीमतीलाई प्रहरीले प’क्राउ गरेको छ । राजीवको श्रीमति दिक्षेन लामालाई मुर्ती चो’रेको आ’रोपमा प्रहरीले प’क्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले लामालाई प’क्राउ गरेको पुष्टि गरेका छन् । लामालाई जिल्ला अदालत कास्कीको प’क्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्रहरीले प’क्राउ गरेको हो । मंगलवार ममकवानपुर प्रहरीले पक्राउ गरी लामालाई कास्की पठाइएको प्रहरीले जनाएको छ ।
लामाले बुहुमुल्य धातुबाट बनेको मुर्ति चो’रेको आ’रोप लागेको छ । जिल्ला अदालत कास्कीमा चोरी सम्बन्धी मुद्दा दर्ता भए पछि प्रहरीले प’क्राउ गरेको हो । सोहि मुद्दामा जिल्ला अदालत कास्कीले लामालाई प’क्राउ गर्न प्रहरीलाई पत्राचार गरेपछि उनलाई हेटौडाबाट प’क्राउ गरी कास्की पठाइएको हो ।

स्रोतका अनुसार सांसद मनाङ्गेले नै लामालाई मुर्ति राख्न दिएको बयान प्रहरीलाई दिएकी छन् । श्रीमतीकै बयानको आधारमा मनाङ्गे पनि तानिने संभावना देखिएको छ । तर मनाङ्गेले भने सामाजिक संजाल फेसबुकमा आफ्नो प्रतिक्रिया दिदै भनेका छन् ‘ऊ बदमास हो,’ उनले भने, ‘मैले नै प्रहरीलाई भनेर पक्रन लगाएको हो।’ डेढ महिनादेखि हराइरहेको र पछि माइती हेटौंडाको पदमपोखरी बसेकी छन् भन्ने पत्ता लगाएर आफूले नै प्रहरीलाई खबर गरी पक्रन भनेको उनले सुनाए।

‘मेरो श्रीमती हो भनेर उम्कन दिनुहुन्न,’ सांसद गुरुङले भने, ‘ब’दमासी गर्नेलाई सख्त कारबाही गर्नुपर्छ, नेताको श्रीमती हो, छोराछोरी हो, दाजुभाइ हो, आफन्त हो भनेर कसैलाई पनि छोड्न हुन्न।’

प्रतिकृया दिनुहोस्