Sunday, July 25

काभ्रेमा लफडा, गोकुल बाँस्कोटालाई काभ्रेबाटै लखेट्न खोजियो !

November 26, 2020 497

काठमाडौँ – गोकुलबिरुद्ध पनौतीमा पर्चा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सोमबार पनौतीमा विद्यालयको उद्घाटन गर्नुअगावै स्थानीय नेकपा कार्यकर्ताले भ्रष्ट आचरणको भण्डाफोर गरौं शीर्षकको पर्चा छ्याप्छ्याप्ती बाँडेका छन् ।

 

पर्चामा स्कुलजस्तो पवित्र संस्थाको शिलान्यास कस्तो हातले हुँदैछ ? भन्दै शिलान्यासको लागि विवादमा परेकाभन्दा अन्य कुनै माननीय,प्रदेश सभा सदस्य वा मेयर छानिनुपर्ने उल्लेख छ ।

 

पर्चामा दलाल पुँजीपति र भ्रष्टाचारीहरूलाई सामाजिर बहिष्कार गर्नसमेत अपिल गरिएको छ । बाँस्कोटा गत वर्ष मन्त्रीको कार्यकक्षमा ७० करोड रूपैयाँ कमिशन मोलमोलाईको आरोप लागेपछि सञ्चारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त भएका थिए ।

 

बाँस्कोटा प्रकरणमा अख्तियार नचुकोस्

 

प्रतिकृया दिनुहोस्