Thursday, May 13

OMG….धादिङमा कार र टिप्पर ठो’क्किँदा एक जनाको ज्या’न गयाे

November 26, 2020 223

मङ्सिर ७ धादिङ – पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठो’क्किएर दु’र्घटना हुँदा सल्यानटारका एक युवकको ज्या’न गएको छ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र वि’परीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टि’पर ठो’किँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय दीपेश केसीको मृ’त्यु भएको हो।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दु’र्घटनामा तीन जना घा’इते जानकारी दिए। दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी ग’म्भीर घा’इते भएका छन्। एक जनाको सामान्य अवस्था छ। घा’इतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्