बाइडेनलाई बधाई नदिने रुसले अमेरिकालाई बजायो खतराको घण्टी, समुन्द्रमा देखियो डरलाग्दो दृष्य

November 26, 2020 257

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन निर्वाचित भएसँगै रुससँग तनाव बढ्ने देखिएको छ । रुसले अहिलेसम्म बाइडेनलाई बधाई दिन मानेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अझै पनि जो बाइडेनलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छैनन् ।

नोभेम्बर ३ मा भएको चुनावमार्फत राष्ट्रपतिमा निर्वाचित बाइडेनले सन् २०२० को जनवरी २० देखि कार्यभार सम्हाल्दै छन् । यो बीचमा विश्वभर नयाँ हलचल उत्पन्न भएको छ । जापान सागरस्थित आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने चेतावनी दिएको छ ।

रुसका अनुसार आफ्नो देशका लडाईँपोतले अमेरिकाको एक जहाजलाई मंगलबार लखेटेका थिए । तर अमेरिकाले रुसको उक्त बयानलाई मान्न अस्वीकार गरेको छ । रुसका अनुसार उसले आफ्नो जलक्षेत्रमा प्रवेश गरेको ‘यूसएसएस जोन एस मक्केन’ जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिएको हो ।

उसका अनुसार उक्त जहाज पिटर द ग्रेट गल्फको जलक्षेत्रमा दुई किलोमिटरभित्र आएको थियो । तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको स्पष्ट पारेको छ । आफ्नो जहाज कतै पनि निष्काशित नभएको अमेरिकाको दाबी छ । जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको हो । रुसका अनुसार ‘घूसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिने’ चेतावनी दिइएको थियो ।

अमेरिकी अधिकारीहरुले समुद्री सीमाबारे गरिएको अवैध दाबी अमेरिकाले कहिल्यै स्वीकार नगर्ने बताएका छन् । समुद्रमा यस प्रकारका घटना विरलै हुने गर्छन् । गत वर्ष साउथ चाइन समुद्रमा एड्मिरल भिनोग्रादोभ एउटा अमेरिकी क्रुजरसँग झन्डै ठोकिएको थियो ।

प्रतिकृया दिनुहोस्