म्याराडोनाको निधनमा दु:ख व्यक्त गर्दै मेस्सीले लेखे भावुक स्टाटस

November 26, 2020 270

काठमाडौं – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताउन सफल फुटबलर म्याराडोनाको निधनले अहिले विश्‍व फुटबल जगत नै शोकमा डुबेको छ । उनको निधनले दुखी हुँदै विश्वका चर्चित फुटबल खेलाडीहरुले श्रद्धाञ्‍जली अर्पण गरिरहेका छन् ।

यस्तै अर्जेन्टिनाका अहिलेका कप्तान लियोनल मेसीले पनि उनको निधनप्रति दु:ख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेस्सीले उनल छोडेर गए पनि हामीबाट टाढा नभएको बताएका छन् ।

उनले भनेका छन् – ‘सबै अर्जेन्टिनी र फुटबलको लागि आज निकै दुखको दिन हो । उनले हामीलाई छोडेर गए पनि हामीबाट टाढा भएका छैनन् । किनभने उनी अनन्त छन्। म उहाँसँगका सबै सुन्दर क्षणहरु सम्हालेर राख्नेछु । शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु।’

प्रतिकृया दिनुहोस्