Thursday, May 13

बुटवलमा भयानक दुर्घटना क्षतविक्षत बन्यो कार

November 26, 2020 314

बुटवल : बुटवलमा भयानक कार दुर्घटना भएको छ। बुटवलको कालिकानगरमा अनियन्त्रित भएर डिभाइडरमा कार ठोक्किँदा २ जना घाइते भएका छन्।

भैरहवातर्फ जाँदै गरेको बा १२ च ७४५६ नम्बरको कार अनियन्त्रित भएर ठोक्किदा देवदहका २९ वर्षीय विपिन ज्ञवाली र २१ वर्षका सुरज सुनार घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। घाइते २ जनाकै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार शुरु भएको छ । कार भने क्षतविक्षत भएको छ।

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्याप्टेन मल्लले बुधबार (आज) फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । उनले आफूले सुरक्षा सवधानीको उपाय अपनाउँदा अपनाउँदै पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको जनाएको छ । कोरोना पुष्टि भएसँगै आफू होम क्वारेन्टाइन बसेको उनले बताएका छन् ।

उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई डब्ल्यूएचओ र स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य प्रोटोकल्सको पालना गर्न आग्रह पनि गरेका छन् । उनले आफूलाई कोरोना संक्रमण भएपनि कुनै लक्षण नदेखिएको र स्वस्थ्य रहेको बताएका छन् । कप्तान ज्ञानेन्द्र मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको बताइएको छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १८ खेलाडीले बुधबार स्वाब दिएका थिए । जसमध्ये तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यसैबीच सन्दीप लामिछाने, सुवास खकुरेल, शरद भेषावकर र बसन्त रेग्मीले भने कोरोना परीक्षणका लागि स्वाब दिएका छैनन् ।

प्रतिकृया दिनुहोस्