Thursday, May 13

गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुदा ५ जनाको घटनास्थल मै मृत्यु, २ जना गम्भीर घाइते, जिप चालक र सहचालक सकुशल (नामावलीसहित)

November 27, 2020 298

गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त जिपमा सवार दुई जना भने गम्भीर घाइते भएका छन् ।

गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना भएको हो । । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट करिब ४ सय मिटर तल खस्दा इस्मा–४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ की ८० वर्षीया सुन्दरी थापाको घटनास्थल मै मृत्यु भएको छ ।

त्यस्तै इस्मा गाउँपालिका–४ कै १९ वर्षीय पर्शुराम थापा र २८ वर्षीया सरस्वती दर्लामी गम्भीर घाइते छन् । प्रहरीका अनुसार जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए । जिप चालक बुद्ध बस्नेत र सहचालक कमल हिता सकुशल रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिकृया दिनुहोस्