Tuesday, May 11

सुदूरपश्चिमकी पहिलो महिला डोजर चालक बनिन् कौसीला !!

November 27, 2020 414

बैतडीको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ७ चडेपानीमा जन्मेकी कौसीला भट्ट सुदूरपश्चिमकै पहिलो स्काभेटर चालक बनेकी छिन्। कैलालीको सहजपुरका पुष्प प्रसाद जैशीसँग २०७२ सालमा विवाह गरेकी कौसिलाले माघ २४ गते यातायात कार्यालय महेन्द्रनगरबाट जे २ अथवा स्काभेटरको लायसेन्स पाएकी थिईन्। ‘माघ १८ गते लिखित थियो, त्यसमा पास भए, अनी माघ २४ गते ट्रायल दिए,त्यसमा पनि पास भएकी छु’ उनले भनिन्। कौसिलाका श्रीमान पुष्प १२ वर्षदेखि स्काभेटर चलाई रहेका छन्। उनले, सुदूरपश्चिमका चर्चित निर्माण ब्यवसायीका कम्पनीमा काम गरिसकेका छन। ‘श्रीमतीलाई चुलो चौकोमा मात्रै राख्नुपर्छ भन्ने मान्यता तोड्दै स्काभेटर चलाउन सिकाए, कौसिलाले पनि एकदम छिटो सिकिन, अनी अहिले सुदूरपश्चिमकै पहिलो महिला स्काभेटर चालक भएकी छिन’ खुसी हुदै पुस्पले भने।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्