Tuesday, May 11

बाँदरको शि’कार गर्ने क्र’ममा राउटे समुदायका १६ बर्षिय टेक बहादुर शाहीको मृत्यु

November 27, 2020 314

दैलेख। बाँदरको शिकार खेल्न जाँदा राउटे समुदायका १६ बर्षिय टेकबहादुर शाहीको मृत्य भएको छ । मंगलबार अन्य राउटे समुदायसँग बाँदरको शिकार खेल्न जाँदा सुर्खेतको चिङ्गाड गाउँपालिका–५भिरबाट लडेर मृत्यु भएको हो ।

बाँदरको शिकार खेल्न जाँदा राउटे समुदायका १६ बर्षिय टेकबहादुर शाहीको मृत्य भएको छ । मंगलबार अन्य राउटे समुदायसँग बाँदरको शिकार खेल्न जाँदा सुर्खेतको चिङ्गाड गाउँपालिका–५भिरबाट लडेर मृत्यु भएको हो ।

राउटे समुदायका युवा र किशोरहरू खाना खाएर नजिकैको जंगलमा मंगलबार दिउँसो बाँदरको शिकार गर्न गएका थिए । शिकार गर्ने क्रममा मटेला खोला नजिकैको भीरबाट लडेर मृत्यु भएको सोसेक दैलेखमार्फत् सञ्चालित राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए । ‘टेकराज भर्खर पढ्न थालेका थिए । पढन र लेख्न सिक्दै गरेका मृतक नाम लेख्न जान्ने भएका थिए ।’ खत्रीले भने ‘तर १६ बर्षिय किशोरको पढने रहर पुरा हुन सकेन ।’

राउटे समुदायमा अहिलेसम्म कसैले औपचारिक शिक्षा लिएका छैनन् । राउटे परियोजनामार्फत समुदायमै अनौपचारिक कक्षा सञ्चालनमा हुने गरेको छ । तर राउटे समुदाय स्थायी बसोबास लेखपढ,खेतीपातीलाई महाशत्रु ठान्ने हुनाले राउटे परियोजना शिक्षक मुखिया र अभिभावकलाई लुकीछिपी,बालबालिका ललाई फकाई गरेर पढाउने गरेका छन् । मृतक शाहीको परम्परा अनुसार मंगलबार नै अन्त्येष्टि गरिएको राउटेका मुखिया विरबहादुर शाहीले बताए । राउटे समुदायमा अहिले ४४ घरपरिवारमा १४५ जना रहेका छन् । राउटे समुदायलाई गुराँस गाउँपालिकाले परिचय पत्र समेत दिएको छ ।

प्रतिकृया दिनुहोस्