Tuesday, May 11

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज ‘घन्य अ’ पराधीका रुपमा ‘हेग’मा पुर्याउने, केपी शर्मा ओलीको प्रस्ताव तयार

November 27, 2020 320

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज ‘घन्य अ’ पराधी र मानवअधिकार उ ल्लंघनकर्ताका रुपमा ‘हेग’मा पुर्याउने विचारसहित प्रस्ताव तयार पारेका छन् ।प्रचण्डको हस्ताक्षरमा कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको र ओलीसँग असन्तुष्ट अन्य चारजना केन्द्रीय सचिवालय सदस्यहरुले समेत स्वामित्व लिएको प्रस्तावमा ओलीलाई भ्र’ष्टाचारलगायत ग’म्भीर आ’रोप लगाइएको थियो ।

प्रतिवेदन तयार गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिदै भने खासगरी ओलीले चितवनको बाँदरमुडे अर्थात प्रचण्डको निर्वाचन क्षेत्रमा १६ वर्षअघि कम्तिमा ४२ जनाको ज्या’न जानेगरी गराइएको बस एम्बुसको घटनालाई पनि त्योसँगै जोडिएको छ ।प्रचण्डलाई ‘हेग’ उभ्याउने प्रस्ताव लेखक मण्डलमा रहेका नेता नेम्वाङले प्रतिनिधिसभाका अध्यक्षका रुपमा सरकारलाई फौजदारी मुद्दामा अन्तर्राष्ट्रिय अदालतको विश्वव्यापी अधिकार क्षेत्र स्वीकार गर्ने अभिसन्धि ९‘रोम स्ट्याचुट० मा हस्ताक्षर गर्न आदेश दिएका थिए ।

प्रचण्डको प्रस्तावको प्रतिउत्तरमा ओलीलगायत उनी पक्षधरका नेताहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु रिमाललगायतले बुधबार अन्तिम रुप दिएको ४० पाने प्रस्तावमा प्रचण्डले मानवता विरोधी अपराध गरेको, त्यो विश्वव्यापी विषय भएको भन्दै त्यसमा अन्तर्राष्ट्रिय फौजदारी कानुन आकर्षित हुनसक्ने चेतावनी दिइएको छ ।दुइ दिनपछि प्रस्तावित केन्द्रीय सचिवालय बैठकमा पेश गर्न तयार गरिएको प्रस्तावमा प्रचण्डले सार्वजनिक रुपमा ‘सशस्त्र वि’द्रोह’मा मा रिएका १७ हजार मानिसमध्ये पाँच हजारको जिम्मा लिएको भन्दै दिएको अभिव्यक्तिलाई ओलीले त्यसको प्रमाण भन्न मिल्ने उल्लेख गरिएका छन् ।

प्रतिउत्तरमा ओलीले संघीयता र समाजवाद वि’रोधी आफु नभै प्रचण्ड भएको उल्लेख गरेका छन् । ओलीले प्रचण्डलाई भ्र’ष्टाचारी भएको पुष्ट गर्न चुनौती दिएका छन् भने प्रचण्डले शान्ति प्रक्रियाका बेलासमेत प्रचण्डले बदमासी गरेको र पहिलो पल्ट उनी प्रधानमन्त्री हुँदा अनावश्यक रुपले राज्यको संवेदनशील संयन्त्रमा हस्तक्षेप गरेको आरोप लगाएका छन् ।ओलीले प्रचण्डद्वारा तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवालको बर्खास्ती प्रकरण को’ट्याउन पुगेका हुन । ओलीले प्रतिबेदनमा दर्जनौ प्रश्न प्रचण्डलाई गरेका छन् ।

कुनैपनि बेला ओलीले प्रचण्डलाई जेल हाल्न सक्छन्

राजनितिक बिश्लेषक डा। सुन्दरमणी दिक्षितले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनैपनि बेला जेल हाल्न सक्ने बताएका छन् । एक सञ्चारमाध्यमसँगको कुराकानीमा डा।दिक्षितले यस्तो बताएका हुन् ।केपी शर्मा ओली अरु नेताहरुभन्दा निकै फरक रहेको डा।दिक्षितले बताएका छन्। हाल नेकपाभित्र देखिएको विवादपछि पार्टी फु’ट्नेसम्मको हल्ला चलिरहेको भएपनि पार्टी नफुट्ने उनले बताए । डा।दिक्षितले ओलीले कुनैपनि हालतमा पार्टी छोडेर नजाने बरु अरु नेताहरु साइड लाग्ने बताएका छन् ।

प्रधानमन्त्री ओली वर्तमान समयमा नेपाली राजनितिमा शक्तिशाली नेता भएकाल उनले जुनसुकै बेला पनि प्रचण्डको जनयुद्धकालको फाइल खोलेर प्रचण्डलाई सिँधै जेल ठोक्न सक्ने बताएका छन् । मन परेको मान्छेलाई पद दिन सक्ने र मन नपरेको मान्छेकोपद खोस्न सक्ने क्षमता पनि ओलीमा रहेको दिक्षितको भनाई छ ।यसैबीच, बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक ग’म्भीर मोडमा पुगेकोसमेत बताएका छन् । यसबाट पनि ओलीले निकट भविष्यमै नयाँ कदम चाल्न लागेको संकेत मिलेको जानकारहरुको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्