Friday, April 23

कालिकोटमा खोलाले घर बगाउँदा ५ जना बेपत्ता, एकको शव फेला

July 28, 2020 176

साउन १३, २०७७ काठमाडौं : कालिकोटमा खोलाले घर बगाउँदा पाँच जना बेपत्ता भएका छन् भने एक जनाको शव फेला परेको छ। जिल्लाको रास्कोट नगरपालिका–१ बड्तोलामा खोलाले घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता भएको र सोही परिवारका एक जनाको शव फेला परेको रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द बरालले जनाकारी दिए। उनका अनुसार सोही खोलाले अर्का एक जनाको घर बगाएको र एक जना बेपत्ता भएको जनाएका छन्। यद्पी उनको पहिचान खुलेको छैन। त्यस्तै रास्कोट ९ मा पहिरोले एक घर र कर्णाली करिडरको पुल समेत बगाएको छ। बेपत्ताको खोजी भइरहेको बरालले जनाकारी दिए। त्यस्तै कालिकोक प्रहरी प्रमुख श्याम ओलियाले भारी वर्षा भएका कारण प्रहरी पुगिन सकेकाे जनारकारी दिए।

प्रतिकृया दिनुहोस्