Thursday, May 13

कहिलै आमालाई सोध्ने गरेको छौ ? आमा… सबैले एक मिनेट समय निकालेर पढ्नै पर्ने

November 27, 2020 363

Facebook मा कति followers छन ?
भन्ने प्रश्न गर्दा तिमि रत्तिभर ढिला नगरी उत्तर दिन्छौ होलान ३-४ हजार भन्दै ,

तर…
तिम्लाई हुर्काउदा बढाउदा पढाउदा अनि तिम्रा आवस्यकता पूरा गर्दै जादा बा ले लिनु भएको ऋण कति छ भन्दा किन अक्मकिन्छौ ?
अब त बेला भयो नि हैन बा लाई आराम दिने? सावाँ तिर्न नसके नि ब्याज तिर अघि सर्ने !

फोटोमा…
कस्को react आयो? कस्को कमेन्ट आयो , कस्को Like आयो भनी प्रश्न गर्दा क्षण भर मै list तयार गर्छौ नि हैन ?

तर…
आमाले भान्सा मा पठाउदा
किन अल्मलिन्छौ ? आमा चिनी कता छ ? चियापत्ती नि सकिएछ , के को सब्जी बनाउ ? केही छैन त भन्दै,

अब त बेला भयो नि हैन,
ती रसिला र कसिला हात उमेर र बुडौलीले गलेर नशा प्रस्ट देखिन थालेका आमाको हात लाई आराम दिन !

बिश्वको कुन कुना मा के घटना घट्यो,
को सेलिब्रेटी कुन दिन बित्यो ,
कुन क्लब ले गेम जित्यो ,
भोलि कस्को birthday छ ,
आज बजारमा को भाइरल भयो ,
कुन कपडाको फेसन चली रहेको छ ,
तिम्लाई सब थाहा छ !

तर…
कहिलै बा लाई सोध्ने गरेको छौं ?
” बा हाम्रो बारीको साध कस्ले मिची रहेको छ भन्दै ?
कहिले सोध्ने गरेको छौ ?
” बा तपाइँ ले चार बर्ष अघि किनेको यो जुत्ता आधा फाटी सक्दा पनि किन लगाई रहनु भएको छ भन्दै ?

कहिलै आमालाई सोध्ने गरेको छौ ?
” आमा यो जाडोमा त्यही पातली सकेको पछ्यौरा किन ओढि रहेको अझै भन्दै ?

कहिलै आमालाई सोध्ने गरेको छौ ?
” फुटेका ती कुर्कुचा मा कुन मलम लगाउनु हुन्छ भन्दै ?

कहिलै आमालाई सोध्ने गरेको छौ ?
” आमा तपाई लाई कस्तो रङ्गको चुरा ल्याइ दिउ भन्दै ?

कहिले काहीँ बा को नि हालखबर सोध्ने गर न
” जसरी साथिभाईको सोध्ने गर्छौ “.
” जसरी आफ्नी प्रेमिकाको सोध्ने गर्छौ ”
” जसरी आफ्नी crush लाई सोध्ने चेस्टा राख्छौ ”

तिम्रो पकेट खर्च बा सग मागेर दिने आमालाई सोध,
” घर व्यबहार कसरि चलि रहेको छ भनी ”

छ नि हैन हिम्मत ?
कि अझै पनि कतै बाहिर निस्किदा बा आमा सगै माग्ने गरेको छौ खर्च ?

पढेलेखेको त पक्कै हौंला,
हिसाब गर्न सक्छौ नि हैन ?
घरगृहस्ती चलाउदा आउने डेबिट क्रेडिट !

बा आमाले त तिम्लाई सधै सानो नै देख्छन,
हिजै त हो तैले भोटो फेरेको भन्दै सुनाउछन ,
हिजो नै त हो त जन्मेको भन्दै लाडप्यार दिन्छन ,
सानै छस बाबू भन्दै , सबै दुख आफ्नै थाप्लोले उठाउन खोज्छन,

दुनियाँको दु:खमा मन दुखाउने तिमी,
आफ्नै घर तर्फ फर्केर हेर्ने बेला
(copied)

प्रतिकृया दिनुहोस्