बुहानवाट नभइ कोरोना भारत र बंगलादेशवाट सुरु भएको नयाँ अनुसन्धानबाट पत्ता लाग्यो

November 27, 2020 278

अहिले सम्म विश्वप्यापी भएको कोरोना चीनवाट सुरु भएको अनुमान गरिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोनालाई चिनिया भाइरस भनेर ब्यग्य समेत गरे । एक वर्ष भन्दा बढी भइसकेको छ कोरोना मुलुकमा देखिएको थियो । चीनमा कोरोना पहिलो पटक पत्ता लागेको अनुमान गरिएको थियो ।

तर चीनले पहिलो पटक कोरोनाका बारेमा धारणा सार्वजनिक गरेको छ । कोरोनाका कारण विश्वभर १४ लाख बढीको ज्यान गइसकेको छ। तर, यो भाइरस कसरी उत्पन्न भयो भन्ने बहस अझै निष्कर्षमा पुगेको छैन। दिनानुदिन भाइरसको उत्पत्तिबारे नयाँनयाँ दाबी गरिँदै आएको छ।

हालै चिनियाँ अध्येताहरुले वुहानमा फैलिनुअघि नै कोरोना भाइरस अनेकौँ मुलुकमा फेला परिसकेको दाबी गरेका छन्। उनीहरुले भाइरस पहिलो पटक भारत र बंगलादेशवाट सुरु भएको दावी गरेको छ । सो अध्ययनको नेतृत्व सांघाई इन्स्टिच्युट फर बायोलोजिक साइन्सेजका डा। सेन लिबिङले गरेका हुन्।

उनीहरुको यो अध्ययनको केही हिस्सा पिअर रिभ्युपछि मंगलबार मलिक्युलर फाइलोजिनेटिक्स एन्ड इभोलुसन नामक जर्नलमा प्रकाशित छ।

डा सेनकै टोलीले तयार गरेको ‘द अर्ली क्रिप्टिक ट्रान्समिसन एन्ड एभोलुसन अफ सार्स कोभ २ इन ह्युमन होस्ट’ नामक अध्ययनले भाइरस सबैभन्दा पहिले भारत वा बंगलादेशमा फैलिएको निष्कर्ष निकालेको छ। तर यसको बिस्तृत कुरा भने आउन बाँकी नै छ । तर चीनले कोरोना सुरु भएको स्थान भने बुहान हुदै नभएको दावी गरेको छ ।

 

प्रतिकृया दिनुहोस्