Saturday, July 24

कोरोनाका ३३ बिरामीको उपचार चलिरहेको अस्पतालमा मध्यरातमा भिषण आगलागी, ५ बिरामीको मृत्यु

November 27, 2020 802

काठमाडौँ । भारतमा कोरोना महामारी बढीरहेका बेला अर्को विपत आइपरेको छ । भारतको गुजरातमा पर्ने राजकोट जिल्लास्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएसँगै ५ बिरामीको मृत्यु भएको छ ।

बिहिबार मध्यरातमा भएको आगलागीमा परेर ५ जना कोरोनाका बिरामीको मृत्यु भएको आजतकले जनाएको छ ।

आजतकका अनुसार उक्त आगलागीको घटना बंगला चौराहाको नजिकै रहेको उदय शिवानन्द कोभिड अस्पतालको आइसीयू वार्डमा भएको हो । सो क्रममा जलेर घाइते भएका एक बिरामीको स्थिति गम्भीर रहेको बताइएको छ ।

आगलागी भए लगत्तै घटनास्थल पुगेको प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जनाएको छ । आगलागीमा परेर मृत्यु हुनेमा रामसिंह भाई, नितिनभाई बदानी, सिकलाल अग्रावत, संजय राठौर र केशुभाई अकबरी रहेका छन् । कोरोनाका ३३ बिरामीको उपचार चलिरहेको अस्पतालमा यो घटनापछि थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्