Tuesday, May 11

रुकुममा जन्ती बोकेको जीप दुर्घटना, ४ को मृत्यु

November 28, 2020 198

रुकुम । जिल्लाको आठबिसकोट नगरपालिका ७ पोखरामा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । घारीखोलाबाट जन्ती लिएर आठबीसकोट दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप शुक्रबार राति साढे ८ बजे दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा आठबिसकोटका ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको प्रहरीले जनाएको हाे ।

६० वर्षीय लालबहादुर नेपाली भने दुर्घटना सख्त घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस्