Thursday, May 13

बधाई दिँदै गाउँलेले भने- ‘सपनाले गाउँकै नाम राखिन्’

November 28, 2020 512

बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकमा पुर्‍यायो । आकाशलाई छानो जमिनलाई ओछ्यान बनाएर बुटवलका गल्ली र चोकहरुमा उनले तीन महिना बिताइन् । सानो उमेरमै सडकको जिन्दगी भोगेकी उनी हुन् सपना रोका मगर ।

दिनभर टोलाइरहन्थिन् सपना । चिच्याएर रुन खोज्थिन् तर आवाज भित्रै हराउँथ्यो । के भइरहेको छ, सोच्न सक्ने अवस्था थिएन । भोकै रात काट्थिन् । शरीरमा पाइन्ट, टिसर्ट अनि ज्याकेट । लगलग काम्दै जाडोको त्यो समय एकै ठाउँमा नबोली बस्थिन् ।

रातमा प्रहरी चौकीको प्रतिक्षालय पुग्थिन् उनी । कारण, कसैले गलत नजरले हेरे प्रहरीलाई गुहार्न सकिन्छ भन्ने विश्वास

ओठबाट हाँसो खोसिएको थियो । बोली बन्द भएको थियो । कसैले बोलाउँदा पनि झसंग हुन्थिन् । कतै परबाट बोलाएझैं कानमा अरुको बोली ठोकिन्थ्यो । निन्द्रा हराएको थियो । दया गरेर कसैले दिएको खानाले पेट भर्थिन् ।

त्यो पनि नपाउँदा ६/७ दिनसम्म भोकै बस्थिन् । भोकले रन्थनिँदा मनमनै कसैले एक छाक दिए हुन्थ्यो भन्ने प्रार्थना गर्थिन् । पानी पिएरै भोक मेट्न खोज्थिन् । अनि सानो डायरीमा कलमले कोरिबस्थिन् । दिनभर सडकमै बिताए पनि रातमा प्रहरी चौकीको प्रतिक्षालय पुग्थिन् उनी । कारण, कसैले गलत नजरले हेरे प्रहरीलाई गुहार्न सकिन्छ भन्ने विश्वास थियो उनलाई ।

‘सडकमा जीवन बिताउने छोरी मान्छेलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । चौकी बाहिर रात कटाए, केही भयो भने प्रहरी चौकीमा प्रहरीहरु त हुनुहुन्छ भन्ने हुन्थ्यो,’ सडकको जीवन सम्झँदै सपना सुनाउँछिन्,’ढोकामा उभिने एकजना प्रहरी दाइले सँधै मलाई हेरिरहनुहुन्थ्यो । साँझ पर्नेबित्तिकै आइपुग्छ, कसको छोरी होला, कहाँबाट आइन् होला भन्ने सोच्दो हो ।’

प्रतिकृया दिनुहोस्