Tuesday, May 11

नेपाली भुमी डुबाएर कोशीको पानी मेची लैजादै भारत ! नेकपाको सरकार बेखबर.. यो त अत्ति भो

November 28, 2020 233

कोशी नदीको पानी मेची नदीमा पुर्‍याएर आफ्नो भूमि सिँचाइ गर्ने भारतको महत्वाकांक्षी परियोजना एक कदम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सो परियोजना कोशी–मेची रिभर इन्टरलिनिङ प्राजेक्ट हो । जस अनुसार वर्षायाममा कोशीमा जम्मा गरेको पानी हिउँदमा भारतमा पर्ने मेची नदीमा खसालिनेछ र भारतका सुख्खा खेतमा सिँचाइको लागि उपयोग गरिनेछ । नेपाल–भारतको सीमाबाट बग्दै जाने मेची नदी भारतको महानन्दा बेसिन अन्तरगत पर्छ । सो बेसिनमा सुख्खायाममा पनि पर्याप्त पानी पुर्‍याउने गरी कोशी ब्यारेजमा पानीको क्षमता बढाउने भारतीय योजनामा लगानी गर्न सिफारिस गर्ने निर्णय भारतको ‘इन्भेष्टमेन्ट क्लियरेन्स कमिटी’ को १४ औं बैठकले गरेको छ । यो कमिटीमा भारतको केन्द्रीय जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत विभागलगायत जलस्रोतसम्बद्ध संस्था र एजेन्सीहरु छन् । गत वर्ष नै भारतको केन्द्र सरकारले यसका लागि बजेट विनियोजन गरेको थियो ।

प्रतिकृया दिनुहोस्