गुल्मी जीप दुर्घटना : आमा अस्पतालमा, बाबु चित्तामा, कुनोमा १० बर्षीय बालक

November 28, 2020 632

गुल्मी, १३ मंसिर । शुक्रवार साँझ करिव ७ बजेतिर गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्णराज बिष्ट सहितको टोली निस्तेखोला र अँधेरी खोलाको दोभान घाटमा पुग्दा चिसोले कठ्याङ्ग्रीएका झिजा–मुढा बालेर आगो ताप्दै बसेका थिए जीप दुर्घटनाबाट शोकाकुल ईस्माको हुला गाउँका बासीन्दाहरु ।

उज्यालोका लागि पारि मुसिकोट नगरपालिकाको बाङ्गे तलको एउटा होटलबाट सयौं मिटर तार जोडेर बगरको ठाउँ ठाउँमा बत्ति पनि बालिरहेका थिए । कसैले कपाल खौरिएर सेतो बस्त्र पहिरिदै थिए भने कसैले कपाल खौरिन सुरु गरिरहेका थिए । कोहीको रुवावासी चलिरहेको थियो ।

निस्तेखोलाको किनारमा ५ वटा शव लहरै चित्तामा राख्ने तयरी गरिएको थियो भने उपचार गर्न तम्घास लैजाने क्रममा बाटैमा मृत्यु भएका एक जनाको शव पोष्टमार्टम गरेर ल्याउँदा साँझसम्म कुरिरहेका थिए ।

त्यही सन्नाटा नियाल्दै जाने क्रममाा बगरको कुनामा एक जना अवोध बालकको कपाल एउटा पाका मान्छेले खौरिदै थिए टर्चलाईटको सहराले । त्यसबेला खौरिदै गरेको कपालका कपालका टुक्रा जसरी नै ती बालकका आँशुका थोपा पनि भूँमा खसिरहेका थिए ।

‘बुवा भरै आउँछु भनेर जानु भाको हो’ती बालक थिए त्यस दुर्घटनामा ज्यान गुमाएका हुला गाउँका ३३ बर्षीय शिवबहादुर दर्लामीका १० बषीय छोरा करन दर्लामी । जसको श्रीमती सरस्वती दर्लामी यति बेला पाल्पा मिशन अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । दुबै जना तम्घास तर्फ जाँदै थिए । साथमा उनका भाई ३० बर्षीय बसन्त दर्लामी पनि जाँदै थिए । उनको पनि दाजु संगै ज्यान गयो ।

भाई बसन्त लकडाउनको केहि दिन अघि मात्र मलेशियाबाट घर आएका थिए । दाजु शिवबहादुर दर्लामी पाल्पाको गोरखदल गणमा कार्यरत थिए । उनको जागिर १५ बर्ष पुगेर १६ बर्षमा लागेको थियो । उनी तिहार मान्न घर आएका थिए । दुई सन्तान निैकै सुखी परिवार थियो ।

ती दम्पत्तीका १० बर्षीय छोरा करन र १२ बर्षीया छोरी करिना मात्रै हुन् । करिना घर मै एक्लै अर्धचेत थिईन् भने तल शाहघाटमा भाई करन बाबा.. बाबा.. मम्मी.. मम्मी पुकारि रहेका थिए ।

केहिबेर पछि विरभद्रजंग गुल्म , तम्घास धागीथुम ब्यारेकबाट सेनाको एकटुकुडी आयो र उनका बाबुृ दर्लामी र अर्का मृतक सैनिक जवान ३५ बर्षीय धनबहादुर अछामीलाई सलामी अर्पण ग¥यो ।

विगुलको विरह लाग्दो त्यो धुनले थप सन्नाटा छायो । हुला गाउँकै वासीन्दा अछामी सैनिक ईक्वाईन बृडिङ्ग सेन्टर घण्टे चितवनमा कार्यरत थिए । उनी पनि तिहार मान्न घर आएका थिए । बाबु , बुबा कहिले आउछु भनेर सोध्दा १० बर्षीय करनले भने आजै भरै आउँछु भनेर जानु भएको हो भन्ने जवाफ दिए ।

उनी कक्षा ४ मा पढ्दै छन् । अब उनको सहारा अस्पतालको शैयामा रहेकी आमा मात्र हुन् । उनी गाडी झर्दा झर्दै ढोका खोलेर हाम्फाली बाँचेको प्रत्यक्ष दर्शीले बताए ।त्यस्तै साढे ६ बजेको समयमा हुलाको गाडी लाग्ने ठाउँमा यात्रुहरु आएर जीप चढ्न थाले केहिवेर पछि गाडी अगाडी के बढाईएको थियो पिकअप लिन नसके पछि गाडी ब्याग हुँदै गएपछि चढेको क्षणभर मै झण्डै सात सय मिटर तल खस्यो ५ जनाको घटना स्थलमै र एक जनाको उपचार गर्ने जाने क्रममा बाटो मै मृत्यु भयो ।

चालक बुद्ध बस्नेत शकुशल भए । सहचालक कमल हितानको गाडीबाट हाम्फाल्ने क्रममा एउटा हात भाँचिन पुग्यो ।मालिका गाउँपालिका वडा नम्वर ५ छापाहिले घर भई तराईतिर बसोबास गरेकी ८० बर्षीया सुन्दरी थापा धेरै बर्षपछि यस बर्षको तिहारमा ६५ बर्षीय भाई डम्वर बहादुर हितानलाई तिहारको टिका लगाई दिन हुला गाउँमा आएकी थिईन् ।

डम्वरबहादुर हितानलमाथि मैदानसम्म दिदीलाई पुर्याउने र केहि किनमेल पनि गरेर फर्किने गरि जीप चढेका थिए । उनी त्यस गाउँका अगुवा समाज सेवी थिए । अन्ततः भाई टीका लगाको १२ दिनका दिन दुबै दिदी भाईको एकै साथ ज्यान गयो ।

वर्गिय हितानका ५ भाई छोरा मध्ये ४ भाई घर मै भएकोले शाहघाटमा सोतो पहिरनमा देखिन्थे भने एक भाई छोरा भारतमा भएकोले आउँदै गरेको एक जना छोरा मानबहादुर हितान बताउँदै थिए । बुवाहरु गाडीमा चढेको क्षणभर मै दुर्घटनामा पर्नु भयो छोरा हितानले भने अकल्पनीय दुर्घटना भयो ।

जो विहान लाहुरे बन्न हिडे, साँझ शव बनेर आए
गाउँमा फर्शुराम भनेर चिनिने त्यस गाउँमा फुर्तिला युवा फर्शबहादुर थापा उमेर भर्खर १९ पुगेर २० बर्षमा लागेका थिए । उनी किशोर अवस्था देखि नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीको लाहुले बन्ने धोको राख्दै आएको र त्यही अनुशारको शारिरीक विकास गर्दै आएको उनका काका महेन्द्र थापा बताउँछन् ।

उनका अनुसार फर्शुरामले कात्तिक २३ गते सशस्त्र प्रहरी गुल्मी उर्लेनी ब्यारेकबाट भर्ना फारम भरेका थिए । सोही भर्ना प्रकृयाका लागि शुक्रबार विहान उनी कपिलवस्तु जान हिडेका थिए । केहि दिन यता घरमा दौडधुप एक्सरसाईज गर्दै आएका थिए । विहान गाडी चढ्दा उनी लाहुरे कै पोजमा देखिएको स्थानीयवासी बताउँछन् ।

रामराज्य माध्यामिक विद्यालय दोहलीमा एसएसली गरेर उनी काठमाडौंमा उच्च शिक्षा लिन गएको र लकडाउनको अवधिमा घर फर्किएका थिए । त्यसरी सशस्त्र प्रहरीमा भर्ना हुने आत्माविश्वास बोक्दै र सपना साँच्दै हिडेका फर्शुराम साँझ उनै लाहुरे अर्थात नेपाली सेनाको टुकुडी अघि पछि हुँदै शव बनेर फर्किएको दृश्य देखेर रुवावासी चलेको थियो ।

प्रतिकृया दिनुहोस्