Thursday, May 13

खुसीको खबर अब कोरोना बाट कोही मर्दैनन। कोरोनाभाइरस भ्याक्सिनको डेलिभरी सुरु

November 28, 2020 2306

काठमाडौं। कोरोनाभाइरस भ्याक्सिनको डेलिभरी सुरु भएको छ । फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाइरस भ्याक्सिनको लागि अमेरिकाको युनाइटेड एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ । यी भ्याक्सिनको डेलिभरी तत्कालको लागि अमेरिकाभित्र मात्र गरिनेछ । केही दिनअघि फाइजरले आफ्नो भ्याक्सिनको फेज ३ ट्रायलको प्रारम्भिक नतिजामा भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको बताएको थियो ।

फाइजर कम्पनीको योजना अनुसार अमेरिकामा भ्याक्सिनेसन सेन्टरको नजिकै भण्डारण गर्नेगरी भ्याक्सिनको डेलिभरी गरिनेछ । वितरण केन्द्रबाट भ्याक्सिनेसन सेन्टरसम्म भ्याक्सिनको डेलिभरीको लागि ३ दिन सम्मको समय लाग्ने बताइएको छ । रिपोर्टका अनुसार भ्याक्सिनको विश्वव्यापी आपूर्ति र वितरणको लागि उडानबाट भ्याक्सिन पठाइनु अहम तयारी हो । डिसेम्बरको अन्तिम हप्तादेखि अमेरिकामा भ्याक्सिनेसन सुरु हुने अपेक्षा गरिएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले छिटै भ्याक्सिनलाई स्वीकृति दिन सक्ने अपेक्ष्नाा गरिएको छ ।

भ्याक्सिनको आपूर्तिको लागि युनाइटेड एयरलाइन्सलाई उडानमा अतिरिक्त बरफ राख्न पनि अनुमति दिइएको छ । फाइजरको भ्याक्सिनलाई लामो समयसम्म सुरक्षित राख्न माइनस ७० डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्छ । भ्याक्स्नि आपूर्तिको लागि फाइजरले सुटकेसको आकारका बाकस पनि तयार गरेको छ । यी बक्समा सुख्खा बरफको साथमा भ्याक्सिन राखिनेछ ।

फाइजरले यसअघि नै अमेरिका र युरोपका कम्पनीका स्टोरमा लाखौं डोज भ्याक्सिन भएको बताएको थियो । डोज स्टक भएकोले अनुमति पाउनासाथ भ्याक्सिनेसन सुरु गर्न सकियोस् भनेर वितरणको तयारी गरिएको हो । कम्पनीले एक दिनमा २० उडानबाट भ्याक्सिन डेलिभरी गर्ने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस्