Tuesday, May 11

काठमाडौंमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

November 29, 2020 329

काठमाडौं : शङ्खमूल नजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

 

कोटेश्वरबाट कोरिडोर सडक हुँदै शङ्खमूलतर्फ आउँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३­०२­००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

साँझ ६ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका कोटेश्वर निवासी २२ वर्षीय सुदीप तिमिल्सिनाको नागरिक अस्पताल बानेश्वरमा उपचारका क्रममा मृत्यु भएको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार मोटरसाइकलमा सवार सानु खान घाइते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिसी क्यामराको श्रव्यदृष्य हेरेपछि मात्रै अन्य घटनाको विवरण खुल्ने प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्