Thursday, May 13

आफ्नै अफिसकी सरसफाइकर्मीसँग पुटिनको अ, वैध स, म्बन्ध, दशौं अर्ब रकम दिएर गोप्य राखे

November 29, 2020 243

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आफ्नै अफिसमा काम गर्ने एक महिला सरसफाइकर्मीसँग अ, वैध स, म्बन्ध रहेको रुसी मिडियो प्रोजेक्टले दावी गरेको छ । रिपोर्टका अनुसार सन् १९९९ पछि पुटिन रुसी राष्ट्रपतिको पहिलो कार्यकालमा हुँदा ती महिलासँग उनको अ, वैध स, म्बन्ध थियो । अहिले ती महिला ८३ मिलियन पाउण्ड (१३ अर्ब नेपाली रुपैयाँ भन्दा बढी) की मालिक्नी रहेको बताइएको छ ।

रिपोर्टका अनुसार यी महिलासँग अवैध सम्बन्धबाट रुसी राष्ट्रपति पुटिनकी एक छोरी पनि छिन् । ती छोरी अहिले १७ वर्षकी भएको बताइएको छ । रिपोर्टका अनुसार अहिले ६८ वर्षका भएका राष्ट्रपति पुटिनको स, म्बन्ध स्वेतलाना क्रिभोनोगिख नामकी महिलासँग थियो । यी महिला अहिले रुसको सेन्ट पिटसबर्गको पोश क्षेत्रमा बस्छिन् । यो क्षेत्र पुटिनका निकट व्यक्तिहरुको लागि सुरक्षित मानिन्छ । रिपोर्टका अनुसार पुटिनकी १७ वर्षकी गोप्य छोरीको नाम एलिजावेटा क्रिभोनोगिख हो । उनी नाबालिग भएकोले उनको तस्वीर सार्वजनिक गरिएको छैन ।

प्रोजेक्टले अनुहारको समानता पहिचान गर्ने विशेषज्ञको हवाला दिँदै पुटिन र उनकी कथित छोरी एलिजावेटाको अनुहार ७० प्रतिशतसम्म मिल्ने दावी गरेको छ । बेलायतको ब्राडफोर्ड युनिभर्सिटीको भिजुअल कम्प्युटिङ सेन्टरका निर्देशक प्रोफेसर हसन उगेलले पुटिन र उनकी कथित छोरीको अनुहार यति धेरै मात्रामा मिल्ने भएकोले यी दुई एक अर्कासँग जोडिएको निष्कर्षमा पुग्न सकिने बताएका छन् ।

प्रतिकृया दिनुहोस्