Thursday, May 13

breking news बाग्लुङ्गको गलकोटबाट काठमाडौंको लागि उडेको हेलिकप्टर दुर्घटना

November 29, 2020 631

बाग्लुङको गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्घटनामा परेको हो ।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिए ।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि बेलकोटगढि गाँउपालिका वडा नम्वर ६ मा आकस्मिक अवतरण गरेको बताईएको छ । गलकोटको हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो ।

चरा ठोक्किँदा हेलिकप्टरको अगाडीको सिसा फुटेको छ भने केही भागमा क्षति पुगेको छ ।

हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित सोही वडाका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ ।

भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ ।

प्रतिकृया दिनुहोस्