Friday, July 30

यी पाइलटले बचाए दुघटना भइसकेको हेलिकप्टरका यात्रु को हुन उनी सम्मान स्वरुप १ लाईक गरौ।

November 30, 2020 424

बागलुङ – जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो ।

नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकप्टरको अगाडिपट्टि ठोक्कियो । सिसा फुट्यो । हेलिकप्टरमा सवार यात्रु अत्तालिए

अनुभवी चालक दीपक पुनले सावधानीपूर्वक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ मा हेलिकप्टरलाई आकस्मिक अवतरण गराए । हेलिकप्टरलाई ठूलो दुर्घटना हुनबाट उनले जोगाए ।

“शुरुमा चील देखिनासाथ चालकले छलिरहनुभएको थियो, तर पछि फेरि आएर जोडसित ठोक्कियो”, हेलिकप्टरमा सवार गलकोट नगरपालिका–३ का अध्यक्ष वीरजङ्ग भण्डारीले भने

हेलिकप्टरभित्रै छिरेको चील रग’ताम्य अवस्थामा अर्को झ्यालबाट निस्केको उनको भनाइ छ । चालक पुनको कुशलता र साहसका कारण ठूलो दुर्घटना टरेको भण्डारीले बताए।

“भाग्यवश बाँचियो, आकाशमा त्यो क्षण कस्तो थियो अहिले भन्न कठिन भइरहेको छ”, उनले भने। हेलिकप्टरमा भण्डारीसहित गलकोटकै सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार थिए । उनीहरु व्यक्तिगत कामका सिलसिलामा हेलिकप्टर चार्टर गरेर काठमाडौँ जाँदै थिए।

दिउँसो १२ बजेर ५० मिनेट जाँदा गलकोटबाट उडेको हेलिकप्टरलाई चालकले १ बजेर ४५ मिनेटमा नुवाकोटमा आकस्मिक अवतरण गराएका थिए । चील ठोक्किँदा हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको जनाइएको छ

अघिल्लो सिटमा बसेका भण्डारीको हात र खुट्टामा सामान्य चोट लागे पनि चालक र अरू यात्रु सकुशल रहेको जनाइएको छ । उक्त हेलिकप्टरमा सवार यात्रुलाई पछि कैलाश एयरकै अर्को हेलिकप्टरले उद्धार गरी काठमाडौँ पु¥याएको थियो ।

प्रतिकृया दिनुहोस्