Friday, July 30

४० कटेसी रमाउला भन्ने प्रेमको सपना कास्मिर मै यसरी अ, न्त्य भयो।घरमा १ छोरा १ छोरी रहेछ।अन्तिम श्र, द्धाञ्जली दिँदै श्रीमती

November 30, 2020 443

दाङ — बिहीबार राति ११ बजेसम्म प्रेमबहादुर खत्री बुबा र श्रीमतीसँग भिडियो कलमा कुराकानी गर्दै थिए । चार वर्षदेखि अमेरिकामा रहेका भाइ लोकराज पनि कुराकानीमा जोडिएका थिए ।

भारतको जम्मु–कश्मीरमा मृत्यु भएका भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका प्रेमबहादुर खत्रीलाई अन्तिम श्रद्धाञ्जली दिँदै श्रीमती भगवती । तस्बिर : दुर्गालाल/कान्तिपुर

 

अन्त्यमा ‘अब मेरो ड्युटी सुरु हुन्छ, हजुरहरू सुत्नुहोस्, घर आउन धेरै दिन बाँकी छैन, घर आएर घुमौंला, रमाऔंला’ भन्दै उनी छु, ट्टिएका थिए । केही दिनपछि बिदामा घर आउने र परिवारसँगै घुम्ने, रमाउने योजना शुक्रबार बिहान उनीसँगै अ, स्तायो ।

भारतको जम्मु–कश्मीरमा ड्युटीमा रहेका बेला शुक्रबार बिहान ५ बजेतिर कारमा आएका पाकिस्तानी सेनाले गो, x ली हा, x नी प्रेमको ह, x त्या गरे । सुरुमा प्रेमलाई गोली लागेको भनेर श्रीमती भगवतीलाई फोन आयो । पछि बुबा लालबहादुरले फोन गर्दा मृ, त्यु भइसकेको जानकारी पाए । त्यसपछि ह, तार ह, तार भारत गएका लालबहादुर शनिबार राति छोराको श, व लिई तुलसीपुर उपमहानगरपालिका–९ बेलुवास्थित घर फर्किएका हुन् ।

छोरा प्रेमको शव जम्मु–कश्मीरबाट विमानमा लखनऊ ल्याएपछि त्यहाँबाट गाडीमा रातारात घर ल्याइएको लालबहादुरले बताए । भारतीय सेनामा १३ वर्ष बिताएका ३० वर्षीय प्रेमको केही वर्षपछि जागिरबाट अवकाश लिएर परिवारसँगै बस्ने योजना थियो । उनको घरमा मोटरसाइकल मात्रै छिर्ने गेट थियो, नेपाल फर्केपछि उनले गाडी किन्ने योजना सुनाएकाले धमाधम ठूलो गेट निर्माण भइरहेको छ । तर यी कुनै पनि सपना पूरा नहुँदै उनको मृ, त्यु भयो ।

 

‘भाग्यमा यति नै लेखेर आएको रहेछ । जागिर सकिन धेरै वर्ष बाँकी थिएन,’ भारतीय सेनाका अवकाश प्राप्त सुवेदार बुबा लालबहादुरले भने, ‘भाग्यले साथ नदिएपछि कसको के लाग्यो र ? अब जागिर सकिएपछि घरमा आएर काम गर्ने उसका धेरै योजनाहरू थिए, सबै सकिए ।’

जीवनको महत्त्वपूर्ण समय बाँकी रहँदै भएको उनको नि, धनले सबैलाई दुःखी बनाएको छिमेकी तुलसी केसीले बताए । ‘बुबाआमा, श्रीमती, छोराछोरी मात्र होइन, आफन्त र छिमेकीहरूलाई पनि सम्हाल्न कठिन भएको छ,’ उनले भने, ‘आमा र श्रीमती छिनछिनमा बेहोस भइरहेका छन् । डाक्टर ल्याएर उपचार गरिरहनुपरेको छ ।’

प्रेमको आइतबार शीतलपुर घाटमा अ, न्त्येष्टि गरिएको छ । उनका ७ वर्षीया छोरी र ५ वर्षीय छोरा छन् ।

प्रतिकृया दिनुहोस्