Tuesday, June 22

आयुर्वेदका डाक्टर भन्छन्, ‘डब्लुएचओको पछाडी लागेर मात्र नेपालमा कोरोना रोकिन्न, त्यसको जिम्मा हामिलाई दिनुस्’

July 28, 2020 209

डा बुद्धि प्रकाश रेग्मी । अन्तर्राष्ट्रिय संस्था हरु जस्तै संयुक्त राष्ट्रसंघ, बिश्व स्वास्थ संगठन ,बिश्व बिकाश बैंक जस्ता संघसंस्था हरुमा आबद्ध जुनसुकै राष्ट्र होस ती अन्तर्राष्ट्रिय संस्था का नीति ,नियम र निर्देशनमा चल्न बाध्य हुनेहुदा अहिलेको कोरना १९ को सन्दर्भ मा डब्लुएचओको निर्देशनमा चल्नु सरकारको बाध्यता नै हो । कोरना १९ नयाँ भाइरस हो र यस्को आधुनिक चिकित्सा पद्धतिमा मा प्रमाणिात औषधि नरहेकोले यो शंक्रमणको उपचारमा अप्रमाणित केही आधुनिक औषधि

डब्लुएचओको सिफारिसमा प्रयोग भएकाछन् । जस्को परिणाम सन्तोषजनक देखियको छैन। पुराना चिकित्सा पद्धति ( अखयुर्बेद ,हामोपैथ ,प्राकृतिक चिकित्सा ,योग , परम्परागत उपचार पद्धतिमा वा आहार बिहारको ब्यबस्थापन बाट यो भाइरस को शंक्रमणको बिस्तार रोक्न र शंक्रमितलाई संक्रमण मुक्तपार्न आधुनिक चिकित्सा भन्दा अबश्य नै पनि अगाडि देखियका प्रमाण छन् तैपनि डब्लुएचओ वा अन्य सम्बन्धित निकाय ले यस प्रति चासोराखेको देखिदैन ।

यस्तो हुनुमा आधुनिक चिकित्सा पद्धतिको पहुँच बिश्वभर हुनु ,आधुनिक औषधि उद्योगमा बिकसित राष्ट्रका चिकित्सा बिज्ञ , स्वास्थ्य बिज्ञ तथा धनाड्यहरुको ठुलोलगानि हुनु , डब्लुएचओ जस्ता अन्तर्राष्ट्रिय संघसंस्थामा लगानि र पहुच यिनैको बाहुल्यता रहनु आदि कारण हुनसक्ने देखिएको छ ।

आयुर्बेद , हामोपैथ ,प्रकृतिक,एक्युपञ्चर आदि को पहुच न अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ न डब्लुएचओमा भुभिकामा छ । तेसैले हामी यश क्षेत्रमा आबद्ध डब्लुएचओको दृष्टिमा बैकल्पिक चिकित्सा को साझा संगठन बनाई अगाडि बढ्नुको बिकल्प छैन । यश बिश्वब्यापी शंक्रमणको बेला हामिले आ आफ्ना क्षेत्रको कमिकमजोरि सुधारगर्ने , अन्य पद्धति को सम्मान गर्ने , राम्रो परिणामको श्रेयमा वा जस सेवाअनुसार भागिदार सम्झने संस्कार बसाल्नु पर्नेछ ।

ऐलेसम्म हाम्रो याँहा कोरनाको शंक्रमण नियन्त्रण बाहिर नगएको अबस्था मान्नसकिन्छ । विश्व स्वास्थ्य संगठनकै भनाइ अनुसार यस्ता भाइरस संगै बाच्न सिक्नुपर्ने हुनसक्छ । योभन्दा खतरनाक भाइरस संग भबिष्यमा सामना गर्नुपर्ने दिनपनि आउन सक्छन् । आउने सन्ततिलाई सुरक्षित गर्ने उपाय भनेको रोगप्रतिरक्षा प्रणालि शसक्त बनाउनुनै हो जो बिद्धमान आधुनिक चिकित्सा पद्धतिबाट सम्भावना देखिदैन ।

यसकोलागि आयुर्बेद ,प्राकृतिक चिकित्सा ,होमोपैथ ,एक्युपञ्चर,योग अदि लाई समेटि बिलम्ब नगरि गाँउस्तर सम्म स्वास्थ जनचेतना मुलक कार्यक्रम संचालन आबश्यक छ । भबिस्यमा स्कुलशिक्षा मा यस्तो पाठ्यक्रम तैयारगरि लागुगर्नुपर्ने हुन्छन् । (रेग्मी बरिष्ठ आयुर्वेद चिकित्सक हुन्)

प्रतिकृया दिनुहोस्