Tuesday, July 27

प्रधानमन्त्री केपी ओली पनि टिकटकमा, पहिलो भिडियोमै फलोअर्स र भ्युजको बाढी

November 30, 2020 775

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन्। आइतबार बनेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकान्ट बनाउनेबारे छलफल भएको जानकारी दिए। ‘अब यसमा पनि जाने भन्ने कुरा भएको थियो। आइटी विज्ञसँग कुराकानी भएको थियो,’ उनले भने।

हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज ८० हजार बढी पुगिसकेको छ। १ सय १४ कमेन्ट, ५ हजार बढी लाइक र ८८ जनाले प्रधानमन्त्रीको भिडियो सेयर गरेका छन्। ****भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस****

‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियो’, उनले भने, ‘तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ।’

प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ। ‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ। सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।

एउटा मात्रै भिडियो अपलोड गरिए पनि फलोअर्सहरु एकै दिन बढेका छन्। उक्त भिडियो एक लाखले हेरिसकेका छन् भने १ सय ५२ कमेन्ट र ७ हजार बढी लाइक गरेका छन्। यसलाई एक सय बढीले सेयर पनि गरेका छन्।

भारत र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागिरहेका बेला नेपालमा प्रधानमन्त्रीले नै एकाउन्ट खोलेर भिडियो सेयर गर्न थालेका हुन्। टिकटक पछिल्लो पुस्तामा सबैभन्दा बढी लोकप्रिय मल्टिभिडया सामाजिक सञ्‍जाल हो।

 

प्रतिकृया दिनुहोस्