Monday, July 26

कोरोना संक्रमित भएका सन्दीप लामिछानेले अस्पतालबाट आफ्नो फ्यानका लागि दिएको यो सन्देश हेर्नुस

December 1, 2020 146

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट अहिले आफुलाई आराम मिलेको बताएका छन् ।

गएको शनिबार सामाजिक सञ्जालमार्फत कोरोनाभाइरस पोजेटिभ देखिएको बारे जानकारी दिएका लामिछानेलाई श्वासप्रश्वासमा समस्या भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका लामिछानेलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार राति नै अस्पताल भर्ना भएका थिए ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । उनले अस्पतालबाट सोमबार राति सामाजिक सञ्जालमार्फत पहिलेको भन्दा आराम मिलेको बताएका छन् ।

उनले भनेका छन् – पहिलेको भन्दा आराम मिलेको छ । तपाईहरु सबैको माया र आशिर्वादको लागि धेरै धन्यवाद। अझै केही दिन आशा गरौं छिट्टै नै फर्कनेछु ।

Capture.PNG

प्रतिकृया दिनुहोस्