Friday, July 30

अभिनेत्री श्वेता खड्काको बिहेदुलाहा आए परिवारसहित मेहेन्दी रसमको लागी काठमाडौँ !

December 1, 2020 642

अभिनेत्री श्वेता खड्काले धनगढीका युवकसँग यही २२ मंसीरमा बिहे गर्दैछिन् । स्रोतको हवाला दिँदै धनगढीबाट सञ्चालित एक अनलाइन न्यूज पोर्टलले श्वेताको विवाह धनगढीका विजेन्द्र रावतसँग २२ मंसिरमा हुने जनाएको छ । तर, यसबारे अभिनेत्री श्वेताले पुष्टि गरेकी छैनन् ।

समाचारमा उल्लेख गरिएअनुसार विवाहका लागि श्वेता र विजेन्द्रका परिवारले तयारी थालेका छन् । विजेन्द्रको बिहेका लागि उनका बुबा आमा काठमाडौं आइसकेका छन् । विजेन्द्र पनि काठमाण्डौंमै छन् । बिहे मंसिर २२ गते काठमाडौंमा हुने बताइएको छ । तर, यसबारे श्वेता र विजेन्द्रका परिवारले कुनै प्रतिक्रिया दिएका छैनन् ।

विजेन्द्रको उमेर स्वेताकोभन्दा निकै कम छ । गएको दशैँका बेला श्वेता र विजेन्द्रको टीका लगाएको तस्बिर सामाजिक सञ्जालबाट बाहिरिएको थियो । त्यसपछि श्वेताको बिहेबारे चर्चा चलेको थियो । तर, श्वेताले सो कुरा नकार्दै आएकी छन् ।

प्रतिकृया दिनुहोस्