Monday, July 26

आज आफ्नो जन्मदिनकै दिन छोरा आदित्य नारायणको विवाह गर्दै उदित नारायण

December 1, 2020 437

काठमाडौं । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा आज विवाह बन्धनमा बाधिँदैछन् । लामो समयदेखी प्रेमसम्बन्धमा रहेकी श्वेता अग्रवालसँग उनले आज विवाह गर्दैछन् ।

चर्चित गायक उदित नारायण तथा गायिका दीपा झाका एक मात्र छोरा आदित्यले श्वेतासँग मन्दिरमा साधारण तवरबाट विवाह गर्दैछन् । भारतिय मिडियाका अनुसार विवाहमा ५० जना मानिसहरु मात्र सहभागी हुने बताइएको छ ।

विबाहमा कम मानिसहरु सहभागी हुने भएता पनि विवाहपछि भव्य रिसेप्सन पाटी आयोजना हुनेछ । रिसेप्सन पार्टी २ डिसेम्बरमा मुम्बईको एक फाइभ स्टार होटलमा हुने बताइएको छ ।

रिसेप्सन पार्टीमा बलिउड अभिनेताहरुदेखि प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका भिआइपीहरुको उपस्थिीत हुने बताइएको छ ।

त्यस्तै आज नै आदित्य नारायणका बुबा उदित नारायणको जन्मदिन परेको छ । उनी सन् १९५५ मा आजकै दिन सप्तरीको बरादहमा जन्मेका हुन् ।

जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखि शुभचिन्तक, आफन्त र सामाजिक संजालका प्रयोगकर्ता शुभकामना दिइरहेका छन् ।

उनले हालसम्म नेपाली, हिन्दी, मैथिली, नेपाल भाषा, उर्दू, तमिल, तेलगु , मलयालम , कन्नड, उडिया, आसामी र सिन्धी भाषाहरूको चलचित्रमा गीत गाएका छन् ।

मंसिर १६, २०७७ मंगलवार ११:४५:५७ बजे : प्रकाशित

न् ।

प्रतिकृया दिनुहोस्