Monday, July 26

अचम्म ! ९६ वर्षको उमेरमा स्नातक गरेर यि बृद्धले राखे विश्व रेकर्ड, दुनिया चकित

December 1, 2020 242

काठमाडौँ । बृद्ध भए, अब मेरो उमेरले नेटो काट्यो पढ्न लेख्न सक्दिन भन्नेहरुका लागि ९६ वर्षको उमेरमा स्नातक गर्ने यि बृद्ध गतिलो उदाहरण हुन् । जापानका ९६ वर्षका सेगेमी हिराताले बृद्धले ९६ वर्षको उमेरमा स्नातक गरेर विश्व रेकर्ड बनाएसँगै उनी अहिले विश्वचर्चित बन्न सफल भएका छन् ।

हिराता चीनी माटो कलामा स्नातक डिग्री हासिल गरेका छन् । उनले गिनीज बुकमा नाम लेखाइसकेका छन् । हिराताले बृद्ध अवस्थामा पनि नयाँ चीज सिक्नमा आनन्द आउने भएकोले आफु धेरै खुशी भएको प्रतिक्रिया दिएका छन् ।

१०० वर्ष सम्म जिउँन चाहाना देखाएका ९६ वर्षका सेगेमी हिराताले आँफु केही वर्ष बाँच्ने सौभाग्य पाए थप अध्ययन गरेर देशको नाम विश्वसामु चिनाउन लागिपर्ने बताएका छन् । उनलाई गिनीज बुकले प्रमाणपत्र दिएको छ ।

 

प्रतिकृया दिनुहोस्