Monday, July 26

आदित्य नारायण र श्वेताको विबाह धुमधामका साथ सम्पन्न, हेर्नुहोस् यि एक्सक्लुसिभ तस्विरहरु

December 2, 2020 755

गायक उदितनारायण झाका एकमात्र छोरा आद‍ित्य नारायण और श्वेता अग्रवालको विबाह सम्पन्न भएको छ । गायक तथा ‘इन्डियन आइडल १२’ का होस्टआदित्य नारायण झाले आँफैले रोजेकी केटीसँग बाबु आमाले मञ्जुरी दिएसँगै आज धुमधामका साथ विबाह गरेका हुन् ।

आदित्य र श्वेताको विवाह मन्दिरमा साधारण तवरबाट हुने र जम्मा ५० जना मानिसहरु मात्र सहभागी हुने भनिए पनि उक्त संख्या भन्दा धेरै पाहुनाहरु सहभागी भएको बताइएको छ । विबाहमा आदित्यले शेरवनी लगाएका थिए भने श्वेताले लाइट गोल्डन कलरको लेहेंगा लगाउँदा उनीहरुमा निकै चमक देखिएको थियो ।

समाचारमा जनाइए अनुसार रिसेप्सन पाटीमा नेता, अभिनेतालगायत ठुलाठुला हस्तीको सहभागीता रहनेछ । आदित्यको २ डिसेम्बरमा रिसेप्सन पार्टीको आयोजना हुनेछ । जुन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका भिआइपीहरुको उपस्थिीति हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्