Friday, July 30

काठमाडौंमा डेरा गरी बस्ने २ जना कोठाभित्रै मृत फेला

December 3, 2020 672

काठमाडौं । बाहिरी जिल्ला घर भइ संघीय राजधानी काठमाडौंमा डेरा गरी बस्ने २ जना आफ्नै डेरामा मृत फेला परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको सतुङ्गल र मखन क्षेत्रमा डेरा गरी बस्ने २ जना पुरुष कोठामै मृत फेला परेका हुन् ।

चन्द्रागिरी नगरपालिका-१० सतुङ्गल डेरा गरी बस्ने लमजुङ दोर्वी गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रदिप अधिकारी आफ्नै कोठामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौं महानगरपालिका-२४ मखन डेरा गरी बस्ने एकिन नाम, थर, वतन नखुलेका बम बहादुर श्रेष्ठ नामले चिनिने गरेका करिब ६० वर्षीय पुरुष आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, कपिलवस्तुको कृष्णनगर नगरपालिका-४ सिर्सिहवास्थित आँपको बगैचामा हाल नाम, थर, वतन नखुलेकी करिब २४ वर्षीया महिलाको शव मंगलबार साँझ फेला परेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्