Friday, July 30

सत्तरी वर्षअघि आजकै दिन यसरी ‘बेबी किङ’ बनेका थिए ज्ञानेन्द्र शाह

December 3, 2020 279

काठमाडौं। नेपालको इतिहासमा दुईजना शाहवंशीय व्यक्तिले दुई-दुई पटक राजा बन्ने ‘अवसर’ प्राप्त गरे । यस्तो अवसर प्राप्त गर्नेमध्ये पहिलो थिए, शाह बंशको शासनलाई मजबुत बनाउने नेपाल एकिकरणकर्ता पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह । अर्काे, राणाहरूको हातमा रहेको श, क्ति खो, से, र शाहहरूकै हातमा फर्काउने राजा त्रिभुवनका नाति ज्ञानेन्द्र शाह।

यीमध्ये १८३२ मा बाबु प्रतापसिंह शाहको निधनपछि १८५५ सम्म राजा बनेका रणबहादुर शाहले २ फागुन (१८५५) मा राजीनामा दिएर छोरा गिर्वाणयुद्धलाई राजा बनाए पनि फेरि आफू नै राजा भएको दावी गर्दै द्वैध शासन सुरु गरेका थिए । दरवार ह, x त्या का, x ण्डमा राजा वीरेन्द्रसहित राजपरिवारका सबै सदस्यको नि, ध, न भएपछि २२ जेठ ०५८ मा दोस्रो पटक राजा भएका ज्ञानेन्द्र चाहिँ ठीक ७० वर्ष अगाडि आजकै दिन पहिलो पटक राजा बनाइएका थिए।

अघिल्लो दिन (२१ कार्तिक २००७) परिवारसहित राजा त्रिभुवन शितल निवासस्थित भारतीय राजदूतावासमा शरण लिन पुगेपछि ज्ञानेन्द्रलाई बालककालमै यसरी बेबी किङ (बालक राजा) बन्ने अवसर जुरेको थियो । जबकि, त्रिभुवनपछि राजगद्दीको रोलकक्रममा उनका बाबु महेन्द्र र दाजु वीरेन्द्र थिए।

२१ कार्तिकका विहान ९-१० बजेतिर ‘शिकारका लागि जाने’ भन्दै राजा त्रिभुवन नारायणहिटी दरवारबाट निस्के । साथमा उनका दुई बडामहारानी र अन्य रानीहरू, छोराहरू युवराज महेन्द्र, अधिराजकुमारद्वय हिमालय र बसुन्धरा, नाति वीरेन्द्र लगायत राजपरिवारका अन्य सदस्य थिए । तर, ‘शिकारका लागि’ निस्केको शाही परिवारका ४ वटा गाडी नागार्जुनतिर होइन, भारतीय राजदूतावास रहेको शितलनिवासतिर लाग्यो । र, यही परिस्थितिले नाबालक ज्ञानेन्द्रलाई राजा बन्ने अवसर जुरायो।

राजा बन्ने ता, र तम्य

राजा त्रिभुवन भारतीय दुतावासमा शरणका लागि प्रवेश गरेपछि सिंहदरवारमा सबै राणाजीहरू जम्मा भई ‘के गर्ने’ भन्ने विषयमा छलफल सुरु गरे । मेजर जनरल अरुण शमशेरलाई नारायणहिटी राजदरवारमा शाही परिवारका कोही सदस्य बाँकी छन् कि छैनन् भन्ने बुझ्न जिम्मेवारी दिएर पठाइयो । मेजर जनरल अर्जुन शमशेर र विजय शमशेरले भने भारतीय दूतवाासबाट त्रिभुवनलाई फकाएर ल्याउने जिम्मा पाए । तर, दुई-दुई पटकको प्रयासमा पनि त्रिभुवनलाई फकाएर ल्याउने सफलता प्राप्त गरेनन्।

त्यसपछि ‘के गर्ने, कसलाई राजा बनाउने’ भन्ने विकल्प खोजी गर्न शीर्षस्थानमा रहेका राणाहरू सिंहदरवारको बैठकमा जुट्न थाले । त्यसक्रममा प्रधानसेनापति बबर शमशेरले राजतन्त्र नै उ, न्मुलन गरेर जानुपर्ने धारणा राखे । उनी श्री ३ मोहन शमशेरपछि श्री ३ महाराज बन्ने रोलमा थिए । कतिपयले श्री ३ मोहन शमशेरले आफैंले श्री ५ को श्रीपेच लगाउन सुझाव दिए । भारतीय दूतावासमा सैनिक का, र वा, ही गरेर भएपनि त्रिभुवनलाई फर्काएर ल्याउनुपर्छ भन्ने कतिपय भारदारहरूको सुझाव रह्यो।

‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ पुस्तकमा डा.राजेश गौतमले उल्लेख गरे अनुसार, श्री ३ मोहन शमशेरले जस्तो उग्रखालका सुझाव पाएका थिए, नेपालका लागि तत्कालिन ब्रिटिस राजदूत फल्कोनरले त्यस्ता सुझावको कार्यान्वयन गर्नु अनुचित हुने सुझाव थिए। बरु राजा त्रिभुवनलाई बैधानिक किसिमबाट अपदस्थ गर्दा उपयुक्त हुने सुझाव ब्रिटिस राजदूतको रह्यो।

सिंहदरवारमा फेरि उच्च पदस्थ राणाहरूबीच पटक-पटक बैठक भइरहे । बैठकपछि विजय शमशेर फेरि ब्रिटिस राजदूतलाई भेट्न लैनचौर पुगे । यस पटकको भेटमा ब्रिटिस राजदूतले त्रिभुवनको अनुपस्थितिमा रिजेन्सी काउन्सिल (राजाको अनुपस्थितिमा शासन गर्न गठित परिषद्) गठन गर्न सुझाव दिए । तर, यसमा विजय शमशेर सहमत भएनन् । विकल्पमा राजदूत फल्कोनरले ‘राणा सरकारले जसलाई राजा बनाउँछ, त्यसलाई ब्रिटेनले मान्यता दिनेछ’ भन्ने बचन दिए।

 

प्रतिकृया दिनुहोस्