Thursday, July 29

सरकारी जागिरमा पहिलो र दोस्रो स्थानमा नाम निकालेपछि प्रेममा परेको यो जोडीको चौतर्फी चर्चा, चर्चा सेलाउन नपाउँदै डिर्भोस

December 3, 2020 543

काठमाडौं। सरकारी सेवाको आर्कषण बढ्दो छ। यही आर्कषणका बिच पनि बिद्यार्थीहरु सरकारी सेवामा नै जागिर खान लालायित छन्।

नेपालमा मात्रै सरकार जागिरको चाहना बढेको होइन। भारतीयहरु पनि सरकारी सेवामा प्रवेश गरेर सुरक्षीत जिन्दगी जिउन चाहान्छन्।

यूपीएससीमा शीर्ष स्थान पाएका भारतिय प्रशासकीय सेवा ९आईएएस० अधिकारी टीना डाबी र उनका आईएएस पति अतहर खान पति पत्नि बन्नु अघि सरकारी जागिर भएता जे पनि हुन्छ भन्ने सोचमा थिए।

सन् २०१५ मा यूपीएससीमा यि दुवैले जागिर खाए। टीना यूपीएससीको प्रथम बनिन्, त्यस बर्ष अतहर दोस्रो स्थानमा थिए । भनिन्छ कि टीना र अतहर प्रशिक्षणको क्रममा एक अर्काको नजिक आए र विवाह गर्ने निर्णयमा पुगे।

उनीहरु कामकै क्रममा एक अर्काको प्रेममा परे र सन् २०१८ देखि दुबैको विवाह चलिरहेको थियो। आईएएस दम्पतीलाई धेरै राजनीतिज्ञहरूले बधाई दिएका थिए। जबकि, हिन्दू महासभाले यस विवाहलाई प्रेम जिहाद भनेको थियो।

टीना डाबीको परिवार मूल रूपमा जयपुरका हुन्। यद्यपि उनको जन्म भोपालमा भएको थियो। टीनाका बुबा जसवन्त डाबी र आमा हिमानी दुबै इन्जिनियर हुन्। दुबै यूपीएससीमा रआइएस परीक्षा उत्तीर्ण छन्।

यूपीएससीमा छनौट भएपछि टीना र अतहरले मसूरीमा प्रशिक्षण लिए। यहाँबाट दुई जना नजिक आएको बताइएको छ। तर विबाह गरेको २ वर्ष नबित्दै यो जोडीको डिर्भोस भएको छ।

दुवैको सुन्दरताका कारण विबाह भएपछि उनीहरुको सबै दृष्टीकोणबाट चर्चा चलेको भएता पनि अहिले सम्बन्धविच्छेदलाई लिएर चर्चा सुरु भएको छ। अहिले यो जोडी एक अर्काको प्रतिकारमा उत्रिएको उनीहरुका फेसबुक स्टाटसले बुझ्न सुकिन्छ।

 

प्रतिकृया दिनुहोस्