Monday, July 26

वीरगञ्ज-पथलैया कोरिडोरका उद्योगमा छैन स्वास्थ्य सुरक्षा सतर्कता

July 29, 2020 211

साउन १४, २०७७ पर्सा : कोरोना महामारीका बेला अवैधानिक रुपमा भारतीय श्रमिक ल्याई सञ्चालन गरिएका वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रका उद्योगहरुका कारण पर्सा, बारा र रौतहटमा कोरोना संक्रमणको उच्च जोखिम बढेको छ। तीनवटै जिल्लाका नागरिकहरु कोरिडोर क्षेत्रका उद्योगमा कार्यरत छन्। भारतबाट अवैधानिक रुपमा ल्याइएका श्रमिकसँगै स्थानीय नागरिकले काम गर्दा कोरोना संक्रमणको उच्च जोखिम भएको हो। बढी श्रमिक कार्यरत जगदम्बा इन्टरप्राइजेज, मारुती फर्माजस्ता उद्योगका श्रमिकमा कोरोना पुष्टि भइसकेको छ। त्यहाँका श्रमिक सहजै बजार र गाउँ गाउँमा जान आउन रोकतोक थिएन। कोरिडोरमा रहेका प्रायः उद्योगहरुले सरकारले तोकेको मापदण्ड पूरा गरेका छैनन्। कोरिडोर क्षेत्रका प्रायः उद्योग सञ्चालन सुरुका केही दिनबाहेक लकडाउनको समयमा पनि यस क्षेत्रका प्रायः उद्योग सञ्चालनमा रहेको खुलेको छ। तर, उद्योगी व्यवसायी भने कर छुटलगायतको सहुलियतका लागि उद्योग बन्द रहेको दाबी गर्दै आएका छन्। यसरी चलेका उद्योगहरुले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्डअनुसार सुरक्षा सतर्कता भने नअपनाएको त्यहाँ कार्यरत श्रमिकहरु बताउँछन्। तर, उनीहरु उद्योगको उक्त कार्यलाई भन्न सकेका छैनन्। संक्रमितको कुनै ट्राभल हिष्ट्री छैन उद्योगमा कार्यरत श्रमिकमा कोरोना संक्रमण देखिए पनि उनीहरुको ट्राभलङ हिष्ट्री भने छैन। यसले पनि कोरिडोरमा रहेको उद्योगबाट नै संक्रमण सर्दै गएको आशंका गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। मंगलबार सिल गरिएको जगदम्बा इन्टरप्राइजेजका कोरोना संक्रमित श्रमिकमध्ये दुई नेपाली र दुई भारतीय छन्। श्रमिकमा कोरोना भेटिएपछि त्यहाँ रहेका सबै श्रमिकको कम्पनीले आफ्नै खर्चमा पिसिआर परीक्षण गराउने, क्वारेन्टाइनमा राख्ने र संक्रमित देखिएकाहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था समेत उसैले गर्नु पर्ने जानकारी दिएको सहायक प्रजिअ बस्नेतले बताए। उनले भने, ‘जगदम्बाले अवैध तरिकाले लकाडाउनकै बीचमा श्रमिक ल्याएको खुलासा हुँदैछ।’ आर्थिक लाभमा अवैध काम क्षणिक लाभका लागि संक्रमण सार्ने गरी श्रमिक ल्याउने कुनै कम्पनीलाई पनि छुट नभएको संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता समेत रहेका सहायक प्रजिअ बस्नेतले बताए। बाहिरबाट बोलाएका श्रमिकलाई निर्धारित समयसम्म क्वारेन्टाइनमा राख्ने तथा उद्योगभित्रै राख्ने नगरी सहजै बजारसम्म पुग्न दिने उद्योगहरुको कामले उद्योग सञ्चालकलाई संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने बस्नेतले बताए। जगदम्बा र मारुती फर्माका श्रमिकहरुकै कारण कोभिड अस्पताल र सेमी आइसोलेशन समेत भरिएको छ। श्रमिक विभिन्न गाउँका करिडोरमा काम गर्ने श्रमिक तीन जिल्लाका विभिन्न जिल्लाका रहेका छन्। उनीहरु अलग अलग ठाउँबाट आएर एकै ठाउँमा काम गर्दै आएका छन्। आफूहरुले चाहेर पनि दूरी कायम गरी काम गर्न सम्भव नरहेको समग्र उद्योग ट्रेड युनियनका केन्द्रीय अध्यक्ष आनन्द थामीले बताए। उनले भने, ‘छुट्टी भएपछि घर र डेरामा नै जानुपर्ने अधिकांश उद्योग प्रतिष्ठानका श्रमिकको बाध्यता छ।’ औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योगले सरकार र विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड पूरा गरेका छैनन्। अत्यावश्यकीय सामग्री उत्पादन गर्ने उद्योगमा कार्यरत श्रमिकलाई पिपिईसहितको स्वास्थ्य सामग्री दिएर काममा लगाउनु पर्ने हुन्छ। तर, औषधि उत्पादनक कम्पनी समेतले त्यो मापदण्ड पूरा नगरेको अध्यक्ष थामीले बताए। केही उद्योगहरुले साबुन, घरेलु मास्क, गुणस्तरहीन पन्जा र सेनिटाइजरबाहेक अन्य सुरक्षा सामग्री उपलब्ध नगराएको जिफन्टको शिक्षा विभाग प्रमुख गीता भण्डारीले बताइन्। पछिल्ला दिनमा फेला परेका संक्रमितहरुमध्ये औषधि उत्पादक कम्पनी र बिग हाउस भनिएका जगदम्बाका श्रमिकहरु हुन्।

प्रतिकृया दिनुहोस्